के तपाईलाई पनि डिप्रेसन भएको त छैन ?यस्ता छन् रोकथामका उपाय


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६
6.9K
SHARES

काठमाडौँ– विभिन्न कारणले नेपालमा पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या बढ्दै गएको छ । अझ भन्दा यो संख्या तीव्र रुपमा बढिरहेको छ । व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैलीजस्ता कारणले डिप्रेसन भईहेको छ । यो मानसिक समस्या हो । तर, समयमै उपचार गरेमा यो निको हुन्छ । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार गरिसकेको छैन । मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ । डिप्रेसन भनेको उदासीको अवस्था नै हो।

यो आनुवंशिक रोग भएकले वंशजका आधारमा पनि यस्तो समस्या देखिन सक्छ । साथै, आफू बसिरहेको वातावरण सोचेअनुरूप नहुँदा र मानिस सोचका कारण पनि यस्तो हुन सक्छ । नेपालमा प्रायजसो बेरोजगारी, असफलता, परिवारमा तनाव, प्रेम र प्रतिशोधका कारणले मानिमा डिप्रेसन भइरहेको पाइन्छ । डिप्रेसन भएको कसरी थाहा पाउने त रु

लक्षण ?
–शक्तिहीन महसुस गर्नु । –खान मन नलाग्नु । –कि बढी सुत्न मन लाग्ने कि त निद्रै नपर्ने हुनु । जतिवेला पनि मनमा छटपटी हुनु र मुटुको चाल बढ्नु । आफूबारे नकारात्मक मात्र सोच्नु । आत्मग्लानि गर्नु, कुनै कुरामा पनि आशा नलाग्नु । –आत्महत्याबारे सोचिरहनु । कम बोल्नु, कोहीचाहिँ आवश्यकभन्दा बढी बोल्नु । –नियमित रूपमा शरीर र टाउको दुख्नु ।

उपचार ?

डिप्रेसनको समस्या भएका अधिकांश मानिस र परिवारका सदस्य यसलाई लुकाउने कोसिस गर्छन् । अधिकांशलाई डिप्रेसनको उपचार हुन्छ भन्ने थाहा पनि हुँदैन । थाहा भएकाहरु डिप्रेसनलाई रोगभन्दा पनि सामान्य समस्याका रुपमा लिन्छन् । फेरि डिप्रेसन भयो भन्ने कुरालाई ‘पागलपन’सँग जोडेर हेर्ने गरिन्छ । जसले गर्दा सकेसम्म यो समस्या परिवारभन्दा बाहिर नजाओस् भन्ने चाहन्छन् मानिसहरू । डिप्रेसनको उपचार अन्य रोगको उपचारजस्तो सहज हुँदैन । डिप्रेसनको उपचार दुई तरिकाबाट गरिन्छ । एउटा विशेषज्ञ परामर्शबाट र अर्को औषधिको प्रयोगबाट ।

रोकथामका उपाय

– शारीरिक रुपमा सक्रिय रहने ।

– रमाइला कामका लागि समय निकाल्ने ।

– आफ्ना सहयोगीहररूमाझ समय बिताउने ।

– योग र ध्यान गर्ने ।

– अत्यन्त महत्वाकांक्षी नहुने ।

– सन्तुलित एवं पोषणयुक्त खानेकुरा खाने ।

– धूमपान र मध्यपानको लतमा नपर्ने ।

– उदासीपनका कुनै लक्षण देखा परे विशेषज्ञ चिकित्सकको परामर्श लिने ।