काठमाडौँ – विश्व पर्वतारोही संजय पण्डितले नेपालका रास्ट्रपति देखि प्रधानमन्त्री हुँदै देशका लव्दप्रतिष्ठित व्यक्तित्वहरुलाई अन्टारटिकाको सर्वोच्व शिखरमा पुर्याएका छन् । विस्व पर्वतारोही पण्डितले केहि महिना अघि आफूले आरोहण गरेको अन्टारटिकाको सर्वोच्च सिखर विन्सोंन मासिफमा उनीहरुको फोटो अंकित झण्डा फरफराएर सर्वोच्व शिखरमा पुर्याएका हुन ।
त्यहाँ फरफराइएका झण्डाहरुको संकलित फोटोहरु शनिबार प्रदशन गरिएको छ । फरफराएको नेपालका रास्ट्रपति बिध्या देबी भण्डारी, उप रास्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधामन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउबा, झलनाथ खनाल उपप्रधामन्त्री तथा अर्थ मन्त्रि कृष्णबहादुर महरा, स्वास्थ्य तथा जनसंख्या मन्त्रि गगन थापा, पूर्व उप प्रधामन्त्रीहरु बामदेव गौतम, राम चन्द्र पौडेल, टोपबहादुर रायमाझी, प्रकाश मान सिह, पूर्व अर्थमन्त्रि डा.राम सरण महत, पूर्वमन्त्रि पुरुषोतम पौडेल, पूर्व मन्त्रि रेखा शर्मा, नेपाली कांग्रेसका महामन्त्री डा. ससांक कोइराला, नेता लिलामणि पोख्रेल, कृष्ण धोज खड्का, पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोबिन्द राज पोख्रेल, गोल्डेन गेट कलेजका कार्यकारी निर्देशक रमेश कुमार सिलवाल, एन आर एनका बरिस्ट उपाध्यक्ष भबन भट्ट तथा आफ्ना बाबु आमा अंकित फोटो शनिबार सार्बजनिक गरेका छन् ।
पण्डितले फोटो सार्बजनिक गर्दै भनेका छन्, मलाई र मेरो विस्व हिमाल आरोहणमा तन मन र धनले स्वीकार गरि प्रतक्ष अप्रतक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण हाई प्रोफाइल नेपालका ब्यक्तिहरुलाई निकै कठिन यात्रामा पनि जिरो जनसंख्या भएको विस्वको पाचौ ठुलो महादेशको सातौ ठुलो सर्बोच्च बिन्दुमा पुर्याउन पाएकोमा निकै आत्मा सन्तुस्टी प्राप्त गरेको बताएका छन् । फोटो प्रदशनी गर्न कसैले आफूलाई नभनेको र फोटो प्रदशन गर्नु आफ्नो कर्तब्य र इतिहास सम्झेको पनि बताएका छन । संसारकै निकै चिसो हुुने महादेशको उपमा पाएको यो सिखरमा करिब ३० मिनेट लगाएर फोटोहरु पर्दसन गरेको उनले बताएका छन ।
पण्डितले सगरमाथा, प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु लगाएत विश्वका चर्चीत ११ पर्वतहरुको सफल आरोहण गरिसकेका छन भने अस्ट्रेलिया सर्बोच्च सिखर कोजीयसको र अफ्रीकाको सर्बोच्च सिखर किलिमन्जारो नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल भादगाँउले टोपी लगाएर आधार सीबीर देखि सर्बोच्च बिन्दुसम्म उल्टो हिडेर आरोहण गर्ने नेपालकै प्रथम विश्व पर्वतारोहीको कृतिमान कायम गरेका छन र यूरोपको सर्बोच्च सिखरमा ६ मिनेट ३ से अर्ध नंग्न भएर अर्को कृतिमान कायम गरिसकेका छन ।
यो देशको लागि पनि गौरबको बिषय हो । सम्बभत विश्वमै यो पहिलो त्यस्तो क्षण हो जुन देशको रास्ट्रपति, उप रास्ट्रपति, प्रधामन्त्री, पूर्व प्रधामन्त्री , उप प्रधामन्त्री अंकित तस्बिर अन्टारटिकाको सर्बोच्च सिखर बिन्सोंन मासिफमा फर्फरियिएको संजयले दाबी गरेका छन । पण्डित युवा राष्ट्रिय प्रतिभा पुरुस्कार २०१४ ,राष्ट्रिय युवा साहषिक खेलकुद हिरो २०१५ र जनसेवा श्री पुरुस्कार २०१६ बाट सम्नानित भैसकेका छन ।