तोडिएको गणेशमानको शालिक पुनःस्थापना


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : मंगलबार, माघ २१ २०७६
7.6K
SHARES

वीरगन्ज – मधेश आन्दोलनका क्रममा वीरगन्जमा तोडिएको गणेशमान सिंहको शालिक पुनःस्थापना गरिएको छ । गणेशमान फाउण्डेसनका अध्यक्ष प्रकाशमान सिंहले शालिक अनावरण गरेका हुन् ।

२०६३ सालमा पर्साको वीरगन्ज उपमहानगरपालिका–४ बिर्तामा रहेको गणेशमानको शालिक तोडिएको थियो । अहिले सोही ठाउँमा शालिक पुनःस्थापना गरिएको हो । मधेश आन्दोलनको केन्द्र रहेको वीरगन्जमा आन्दोलनताका तोडफोड भएका शालिकहरु राख्ने क्रम सुरु भएको छ ।

एक महिनाभित्रमा गिरिजाप्रसाद कोइरालाको पनि शालिक छपकैयास्थित रजत जयन्ती चोक छेउमा राख्ने तयारी भइरहेको छ । गणेशमान फाउण्डेसनले उपलब्ध गराएको अर्धकदको शालिक मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले पहाडीमुलका मानिसको शालिक मधेशमा राख्न नहुने भन्दै तोडफोड गरेका थिए ।