Motivate News

जेटि कपकाे चाैथाे संस्करण मंसिरमा हुने

फाइल तस्विर

भदौ ३१,बाैनियाँ –  २०७२ सालबाट नियमित रुपमा सञ्चालन हुदै अाईरहेकाे जेटि कप क्रिकेट प्रतियोगिताकाे चाैथाे संस्करण मंसिर १ गतेबाट सुरु हुने भएको छ । अाइतबार जगत तारा इग्लिस बाेडिङ्ग स्कुलमा अायाेजित एक कार्यक्रमका बिच विद्यालयका संस्थापकले साे कुराकाे जानकारी दिएका हुन्  । कैलाली जिल्ला भित्र रहेका विभिन्न विद्यालयकाे सहभागिता रहने प्रतियोगितामा यस बर्ष पनि कक्षा १० सम्मका बिधार्थिहरुले सहभागिता जनाउने अवसर पाउने छन् । २०७२ सालमा १० हजार प्रथम पुरस्कार र १६ वटा टिमहरुकाे सहभागिताबाट सुरु भएको प्रतियोगितामा यस बर्षकाे प्रथम पुरस्कार ६१ हजार राखिएको छ ।

अायाेजकले यो बर्ष जिल्ला भित्रका करिब २४ वटा विद्यालयहरुकाे प्रतियाेगितामा सहभागिता रहने अनुमान समेत गरेकाे छ । प्रतियाेगिता लिक कम नकअाउटका अाधारमा सञ्चालन गराउने समेत अायाेजकले वताएकाे छ । प्रतियाेगिता सञ्चालनमा करिब ४ लाख खर्च हुने र त्यसकाे व्यवस्थापनका लागि प्रायाेजकहरुकाे खाजि कार्य जारि रहेकाे प्रतियोगिता संयाेजक एवंम विद्यालयका संस्थापक एकेन्द्र मल्ले बताए । यसै गरि अाइतबार नै प्रतियाेगितालाई सफलतापुर्वक सम्पन्न गर्नका लागि विभिन्न व्यत्तिहरुले जिम्मेवारी समेत दिईएकाे छ । जसमा विद्यालयका संस्थापक एकेन्द्र मल्ल स्वयम् प्रतियाेगिता संयाेजक,राजेन्द्र रावल प्रचार प्रसार संयाेजक,पदम राज अाेझा प्रवत्ता,विकास मल्ल अार्थिक संयाेजक,प्रमाेद अाचार्य खेल सामाग्रि व्यवस्थापक र रविन रिजाललाई खेल मैदान व्यवस्थापनकाे जिम्मेवारी ताेकिएकाे छ । प्रतियाेगिता यस बर्ष पनि बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ स्थित मुडा बजारकाे खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस्