Motivate News

भव्यताका साथ सम्पन्न भयो सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम (फोटो फिचर)

काठमाडौँ – सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम भव्यताका साथ सम्पन्न भएको छ । बैशाख २० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा एघार सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा डा. यागि विकासानन्दले शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीलाई पढाइमा प्यासन जगाउने र पढेको कुरालाई कसरी स्मरण गर्न सकिन्छ भनेर सुपर लनिङका केही टिप्सहरु दिएका थिए भने जीन्दगीमा कसरी सफल हुन सकिन्छ भनेर सफलताका सुत्रहरु पनि बाँढेका थिए ।

मोटिभेट न्युजले आयोजना गरेको उक्त कार्यक्रममा चार जना प्रेरणा पात्रहरुलाई सम्मान गरिएको थियो । नेपाल राष्ट्र बैँकका पुर्व कार्यकारी निर्देशक डा. विनोद आत्रेय, नेशनल प्यावसनका अधयक्ष कर्ण शाही, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव गोविन्द खरेल र उद्योग मन्त्रालय अन्तरगतको उद्योग विभागका अधिकृत जोरा सिंह माझीलाई सम्मान गरिएको थियो ।

राष्टिय युवा परिषदसंगको सहकार्य र निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्यावसक)को संजोजनमा भएको कार्यक्रमको उद्घाटन मन्त्री परिषदका पूर्व अध्यक्ष सिखलराज रेग्मीले गरेका थिए ।

हेर्नुहोस फोटोमा कार्यक्रम

प्रतिकृया दिनुहोस्

चन्द्रशम्सेरले समेत गर्न नसकेको काम मैले गरेँ, अव ३ नम्बर प्रदेशलाई नमुना बनाउन मेरो उमेद्वारी : नरोत्तम बैद्य

काठमाडौ – नेपाली काँगे्रसको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ४ को प्रदेश सभा ‘क’ बाट प्रदेश सभा सदस्यका लागि उमेद्वार रहेका छन् नरोत्तम बैद्य । आफूलाई प्रजातन्त्रको सिपाही मान्ने बैद्यको प्रतिशपर्धा यसपटक एमालेका उमेद्वार निर्मल कुँइकेलसंग हुँदैछ । २०५४ सालमा काठमाडौँ महानगर पालिकाको वडा...

निस्वार्थ ढंगले जनताको सेवा गर्छु : राजेन्द्रवीर राय

स्थानीय चुनाव सम्पन्नपछि राजनीतिक पार्टी र तिनका नेताहरूलाई यतिबेला फेरि प्रदेश र संघीय प्रतिनिधि सभाको चुनाव लागेको छ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघीय प्रतिनिधि सभाको निर्वाचनमा सम्पूर्ण पार्टी र तिनका उमेद्वारहरू कम्मर कसेर रातदिन चुनावी दौडामा छन्...

...

माओवादी कालीकोटबाट दुई दर्जन उम्मेदवार सिफारिश, कसले मार्ला वाजी

कालीकोट – माओवादी केन्द्र कालीकोटले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश गरेको छ । जिल्ला समिति बैठकले आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम टुंगो लगाएको हो । एउटा प्रतिनिधिसभा रहेको कालीकोटमा प्रत्यक्षतर्फ पहिलो नम्बरमा जिल्ला...