Motivate News

वाम बुद्धिजीवीको आह्वान : दक्षिण एसियामा फासिवाद नाङ्गो रुपमा आयो, सबै जुटौं 

भदौ, काठमाडौँ – वामपन्थी बुद्धिजीवी तथा सामाजिक अभियान्ताहरुले दक्षिण एसियामा फासीवाद नाङ्गो रुपमा आएको भन्दै त्यसविरुद्ध एक जुट हुनु पर्ने अवस्था आएको बताएका छन् ।  नागरिक अधिकारको आवाज उठाउँदै आएको भारतीय नागरिक सामाजिक अभियान्तहरुको गिरफ्तारी तथा नजरबन्दको उनीहरुले विरोध गरेका छन् ।
सोमबार संवाद डबलीमा ‘साम्राज्यवाद विरोधी मोर्चा’ ले आयोजना गरेको कार्यक्रममा बोल्दै वाम वुद्धिजीवी तथा विश्लेषक हरी रोकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेदेखि फासीवाद संस्थागत भएर नाङ्गो रुपमा आएको बताए । बबरा राव, नवलखा गौतम, सुधा भारद्वाजलगायतका सामाजिक अभियान्ताहरुको गिरफ्तारी गरेर आफ्नो कमजोरी लुकाउने र आउँदो चुनावी नारा तय गर्न लागेको बताउँदै रोकाले मोदी निर्वाचित तानाशाह भएको बताए ।
कार्यक्रममा बोल्दै रोकाले मोदीको लोकप्रियता घट्दै गएकोको कारण त्यसलाई विषयान्तर गर्न सामाजिक अभियान्तहरुमाथि दमन गरेको बताए । भारतमा फासीवाद नाङ्गो रुपमा आएको रोकाले बताए । उनले त्यसको प्रभाव नेपालमा बढ्दै गएको बताउँदै नेकपाका प्रवक्ता प्रकाण्डको रिहा हुँदा पनि लगातारको गिरफ्तारी त्यसैको परिणाम भएको बताए ।
मोर्चाका संयोजक नरेन्द्रजंग पीटरले दक्षिण एसियाका देशहरुमा धर्म र राजनीतिक पूर्वाग्रहलाई अधार बनाएर फासीवाद बढेको बताए । ‘अरुको लागि नबोले आफ्नो लागि कोही बोल्दैन’ भन्दै संयोजक पीटरले नक्सलीको आरोपमा भारतमा  सामाजिक अभियान्ताको गिरफ्तारीको विरोध गर्नुपर्ने बताए । विश्वमा एक सय वर्षदेखि फासीवाद आएको बताउँदे पीटरले मानवतावादको रक्षाको लागि फासीवादविरुद्ध लड्नु पर्ने आवश्वयकता रहेको बताए । उनले फासीवाद विरुद्ध संघर्षको गर्नु भनेको जनतन्त्र, जनवाद, स्वतन्त्रता र मानवताको रक्षा गर्नु भएको बताए ।
नेपालमा पनि सरकारले अदालतको दिएको आदेशको उलंघन गरेर नेकपा प्रवक्ता प्रकाण्डलगायतका नेताहरुलाई अदालतले आदेश दिँदा पनि पुनः गिरफ्तार गरे सरकारले नेपालमा फासीवाद पनि फासीवाद नाङ्गो रुपमा आएको ठोकुवा गरे ।
भुटानी शर्णाथी नेता एनबी गिरीले भारतीय फासिवादकै कारण आफूहरु भूटानबाट लखेटिएको बताए । इन्दिरा गान्धी र राजिव गान्धीकै योजनामा भूटानी राजाले नेपालीभाषीमाथि देशद्रोहका आरोप लगाउँदै दमन गरेको बताए ।
भुटानी सेनाका जर्नेल समेत रहेका गिरीले भने, “भारतको कठपुतली राजासँग बन्दुक छ, हामीसँग लड्ने औजार छैन । हामीसँग बोली मात्रै छ । बोलिलाई उसले सुन्दैन । हामीलाई सबै कुरा थाहा छ तर के गर्ने बोल्नै दिँदैन, अदालतमा जान दिँदैन ।” आफूहरु स्वदेश फर्किन चाहेको तर बढ्दो फासिवादले रोकेको बताए ।
कवि तथा वामपन्थी अभियान्ता निभा शाहले भारतीय वाम बुद्धिजीवी तथा सामाजिक अभियान्ताहरुले नेपालका गणतन्त्र ल्याउँन ठूलो सहयोग गरेको बताइन् । जनयुद्धको क्रममा प्रचण्ड–बाबुराम भट्टराईकै योजनामा आफू भारतीय वाम बुद्धिजीवी तथा सामाजिक अभियान्त बरबरा राव, गौतम नवलखा, सुधा भारद्वाजहरुसँग भेट्न गएको बताउँदै निभाले उनीहरुले सहयोग गरेको स्मरण गरिन् ।
नेपालमा गणतन्त्र ल्याउँदा सहयोग गरेको सामाजिक अभियान्ताहरुलाई गिरफ्तार गर्दा तत्कालि माओवादीले चुप लागेको देख्दा आफूलाई खिन्नता लागेको बताइन् । उनले नेपाली कम्युनिस्ट साम्राज्यवादी कम्युनिस्ट भएको बताइन् ।
वरिष्ठ पत्रकार तथा वाम बुद्धिजीवी तुल्सी महर्जनले पुजिवाद आएको संकटलाई टार्न फासिवादलाई अगाडि ल्याइएको बताए । फासिवादले आफैले बनाएका कानुन नमान्ने भन्दै महर्जनले भारतीय सामाजिक अभियान्त तथा वाम बुद्धिजीवीमाथिको दमन त्यसैको परिणाम भएको बताए ।
दक्षिणपन्थविरुद्ध माक्र्सवादीहरुले मात्रै संघर्ष गर्न सक्ने भन्दै महर्जनले उनीहरु नै त्यहाँ पुगेपछि फासिवाद रोक्न नसकिने गरी नाङ्गो रुपमा आउने गरेको बताए । उनले नेपाली कम्युनिस्टहरु दक्षिणपन्थविरुद्धको संघर्षवाट पछि पहटेको कारण फासिवाद अगाडि आएको बताए ।  कार्यक्रमको अध्यक्षता मोर्चाका सचिवालय सदस्य विनोद अधिकारी र संचालन नहेन्द्र खड्काले गरेका थिए ।
प्रतिकृया दिनुहोस्