Motivate News

कविता : ‘राजनीति’

ओ महोदय ,
तपाईंलाई  थाहा छ
हाम्रा जङ्गलतिरका सबै सिंहहरु मारियो
र  सिंहदरबारमा
बाघहरुको रजाई  चल्न थाल्यो
बाघहरुको सङ्ख्या नगन्ने छ भन्ने थाहा पाएछन् क्यारे स्यालहरुले
र लखेटे छन्  बाघलाई चिडियाखाना तिर
अनि चलाएँ
सिंहदरबारबाट स्याल सासन
सडकपेटीमा कुइकुई कुइकुई गरिरहने  कुकुरलाई  लागेछ
हिजो हामीसँगै डराएर भाग्नेले
आज हामीमाथि सासन
अनि  सुरुभएछ  सडक संघर्ष  ,वर्गसंघर्ष , त्रान्ति  अरू के के के …….
र साथ पाएछन  अरू जनावरहरूको (भेडा)
अनि सिध्याए छन् सिहदरबारबाट स्याल सासन
र रजाई गरिरहेका छन।
ओ महोदय
ख्याल गर्नुभएको छ
यिनीहरुको सङ्ख्या जनावरको भन्दा बढी छ
नहोस् नि कसरि
सडक,पेटी,गल्ली ,चोक,क्यापस ,कार्यलय र कारखानाहरुमा उत्पादन भइरहेका छाउराहरु देखिराख्नु  भएकै  होला
त्यसैले आजभोलि
गल्लीका  कुकुरहरु नि तपाईंलाई देखेर भुक्छन्
जो खुट्टामुनि पुछर लुकाएर कुइकुई  गर्दै भाग्थे
हेर्नुस् महोदय,
जबसम्म बाघले डमरुको ठाउँमा स्याल
स्यालले फ्याउरोको ठाउँमा कुकुर जन्माइरहन्छ
तबसम्म यो देशमा कलियुग (कम्पुटरयुग) होइन कुकुरयुग  चलिरहने छ।

प्रतिकृया दिनुहोस्