Motivate News

दशैंमा घर जाँदै हुनुहुन्छ ? असोज ५ देखि खुल्दैछ अग्रिम टिकट बुकिङ

भदौ ३१, काठमाडौं – सरकार  र यातायात व्यवसायीबीच असोज ५ देखि दशैंको अग्रिम टिकट बुकिङ शुरु गर्ने सहमति भएको छ ।सरकार र व्यवसायीबीच आज भएको वार्तामा दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा टिकटको व्यवस्था गर्ने सहमति भएको हो ।

यातायात व्यवसायीले भाडा दरको जिम्मेवारी सरकारलाई नै सुम्पेको यातायात व्यवसायी सरोज सिटौलाले जानकारी दिए । पर्व मान्नका लागि बाहिरिने यात्रुलाई असोज ५ पछि अग्रिम काउन्टरहरु विस्तार गर्दै जाने सहमति भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्