Motivate News

६ जिल्लाको मतगणना सकियो, दुई जिल्लावाट माओवादी पत्तासाप (पुरा विवरण सहित)

जेठ ४, काठमाडौँ – स्थानिय तहको निर्वाचन भएको ३४ जिल्ला मध्य ६ जिल्लाको मतगणना सकिएको छ । हिमाली जिल्लाहरु रसुवा, मनाङ, डोल्पा, जुम्ला तथा पहाडी जिल्ला म्याग्दी र जाजरकोटको मतगणना सकिएको छ ।

५ स्थानिय तह रहेको रसुवामा कांग्रेस र एमाले २ २ गाउँपालिकामा विजयी भएका छन् भने नयाँ शक्ति नेपाल एक गाउँपालिकामा विजयी भएको छ ।

त्यस्तै मनाङमा चार स्थानिय तह रहेका छन् । त्यहाँ एमाले दुई स्थानिय तहमा विजयी भएको छ भने कांग्रेस र स्वतन्त्र उमेद्वार एक तहमा विजयी भएका छन् ।

उता डोल्डाका आठ दुई ओटा नगरपालिका र ६ ओटा गाउँपालिका रहेका छन् । जस मध्य पाँच ओटा तहमा एमाले विजयी भएको छ भने दुइ ओटामा माओवादी केन्द्र विजयी भएको छ । एक तहमा भने स्वतन्त्र उमेद्वारले विजय हासिल गरेका छन् ।

त्यस्तै जुम्लामा आठ ओटा स्थानिय तह रहेको छन् । जसमध्य १ नगरपालिका र ७ ओटा गाउँपालिका रहेका छन् । चन्दननाथ नगरपालिका सहित ४ स्थानमा नेपाली कांग्रेसले जितेको छ भने माओवादीले ३ स्थान र एमाले १ स्थानमा विजयी भएको छ ।

यता, म्याग्दीमा पनि मतगणना सकिएको छ । म्याग्दीमा ६ ओटा स्थानिय तह रहेका छन् । १ नगरपालिका र ५ पाउँपालिका रहेको म्याग्दीमा वेनि नगरपालिका सहित ४ स्थानिय तह कांग्रेसले जितेको छ भने दुई मा एमाले विजयी भएको छ ।

७ ओटा स्थानिय तह रहेको जाजरकोटमा ३ नगरपालिका र ४ गाउँपालिका छन् । जसमध्य तिन स्थानिय तह एमालेले जितेको छ भने २ मा कांग्रेस र २ मा माओवादी केन्द्र विजयी भएको छ ।

हेर्नुहोस को कुन तहमा विजयी

रसुवा

नौकुण्ड गाउँपालिका
प्रमुख स् नुर्पु स्याङ्बो लामा, नेपाली कांग्रेस

कालिका गाउँपालिका
सीताकुमारी, पौडेल नेकपा एमाले

उत्तरगया गाउँपालिका
उपेन्द्र लम्साल, नेपाली कांग्रेस

गोसाइकुण्ड गाउँपालिका
कैसान नुर्पु तामाङ, नेकपा एमाले

पार्वतीकुण्ड गाउँपालिका
बुचुङ तामाङ, नयाँ शक्तिरफोरम

मनाङ

नारफू गाउँपालिका
कान्जो तेन्जिङ लामा, स्वतन्त्र

चामे गाउँपालिका
लोकेन्द्रबहादुर घले, नेकपा एमाले

नाशोङ गाउँपालिका
चन्द्र घले, नेपाली कांग्रेस

नेस्याङ गाउँपालिका
कान्छा घले, नेकपा एमाले

डोल्पा

ठूलीभेरी नगरपालिका
गणेशबहादुर शाही, नेकपा एमाले

त्रिपुरासुन्दरी नगरपालिका
ओमबहादुर बुढा, नेकपा एमाले

डोल्पो बुद्ध गाउँपालिका
मलमचसी गुरुङ, नेकपा एमाले

छार्का ताङसोङ गाउँपालिका
सेनाङ गुरुङ, स्वतन्त्र

शे फोक्सुण्डो गाउँपालिका
तुसीतुण्डुप गुरुङ, नेकपा एमाले

काइके गाउँपालिका
अंगद राना नेकपा, एमाले

मुड्केचुला गाउँपालिका
दत्तबहादुर शाही, नेकपा माओवादी केन्द्र

जगदुल्ला गाउँपालिका
नरसिंह रोकाया, नेकपा माओवादी केन्द्र

जुम्ला

चन्दननाथ नगरपालिका
कान्तिका सेजुवाल नेपाली कांग्रेस

तिला गाउँपालिका
रतननाथ योगी नेकपा एमाले

पातारासी गाउँपालिका
लक्ष्मण बोहरा नेपाली कांग्रेस

सिंजा गाउँपालिका
देवलसिंह रावल नेपाली कांग्रेस

गुठीचौर गाउँपालिका
हरिबहादुर भण्डारी नेकपा माओवादी केन्द्र

तातोपानी गाउँपालिका
नवराज न्यौपाने नेकपा माओवादी केन्द्र

कनकासुन्दरी गाउँपालिका
नरवीर रावत नेपाली कांग्रेस

हिमा गाउँपालिका
रजबहादुर शाही नेकपा माओवादी केन्द्र

म्याग्दी

बेनी नगरपालिका
हरिकुमार श्रेष्ठ नेपाली कांग्रेस

मंगला गाउँपालिका
सतप्रसाद रोका नेकपा एमाले

धवलागिरी गाउँपालिका
थमसरा पुन नेकपा एमाले

अन्नपूर्ण गाउँपालिका
डमबहादुर पुन नेपाली कांग्रेस

मालिका गाउँपालिका
श्रीप्रसाद रोका मगर नेपाली कांग्रेस

रघुगंगा गाउँपालिका
भवबहादुर भण्डारी नेपाली कांग्रेस

जाजरकोट

भेरी नगरपालिका
सिपी घर्ती नेकपा एमाले

छेडागाड नगरपालिका
लालबहादुर महतारा नेकपा एमाले

त्रिवेणी नलगाड नगरपालिका
टेकबहादुर रावल नेकपा माओवादी केन्द्र

जुनीचाँदे गाउँपालिका
कृष्णबहादुर केसी नेकपा माओवादी केन्द्र

बारेकोट गाउँपालिका
महेन्द्रबहादुर शाह नेपाली कांग्रेस

कुसे गाउँपालिका
हरिचन्द्र बस्नेत नेपाली कांग्रेस

शिवालय गाउँपालिका
नरेन्द्रकुमार शाही नेकपा एमाले

प्रतिकृया दिनुहोस्

बाह्र वर्षमा निरंकुशता गयो, गएन सामन्तवादः लोकतन्त्र प्राप्तीका १२ वर्ष पूरा

काठमाडौँ – निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई...

सरकारले वाचा पुरा गर्न नसके कांग्रेस पुनः उदाउछ – बामदेव गौतम

काठमाडौँ – एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले वाचा पुरा गर्न नसके नेपाली कांग्रेस पुनः उदाउने बताएका छन् । राउटे लोपोन्भमुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘आदर्श दम्पती पुरस्कार तथा सम्मान कार्यक्रम’ मा बोल्दै गौतमले मुलुकलाई समृद्ध बनाउन जनताले वाम गठबन्धनलाई...

आज तेह्रौँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाईंदै

काठमाडौँ – तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद वि.सं. २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन...

‘हामी विहेअघिका बेहुला – बेहुली’

काठमाडौँ- विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले एकता आश्चर्यजनक रुप्मा कुनै पनि दिन हुनसक्ने बताए ।...