Motivate News

माओवादी केन्द्रले जित्यो रुकुमका सबै स्थानिय तह, कांग्रेस एमाले वडामै सिमित

जेठ ४, रुकुम – स्थानीय तहको पहलो चरणको निर्वाचन अन्तर्गत ६ नम्वर प्रदेशका रुकुमाका सबै स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। तीनवटा नगरपालिका र तीनवटा गाउँपालीकाको अन्तिम परिणाम आउदासम्म सबै तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

त्यस्तै छ तहमा गरी ७३ वटा वडा रहेकोमा ५८ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। रहेका १५ वटा मध्ये १३ वटामा कांग्रेस उम्मेदवार र २ वटामा एमाले उम्मेदवार विजयी भएका छन्।

को को थिए माओवादी उम्मेदवार ?

आठबीस नगरपालिका प्रमुखमा विजयी भएका गोर्खबहादुर केसीले ५६ सय २९ मत ल्याएका छन् । सोही नगरपालिका उपप्रमुखमा गीता नेपालीले ५६ सय १८ मत ल्याएकी छन्। मुसीको नगरपालिका प्रमुखमा विजयी भएका देवीलला गौतमले ४३ सय ५० मत ल्याएका छन्।

सोहो नगरपालिका उपप्रुमखमा विजयी प्रेमकुमारी सुनार केसीले ४४ सय ६९ मत प्राप्त गरेकी छन्। चौरीजहारी नगरपालीका चौरीजहारी नगरपालिका प्रमुखमा विजयी विशाल शर्माले ५४ सय २० र उपप्रमुखमा विजयी राधा रोकाले ५३ सय २५ मत ल्याएका छन् ।

सानीभेरी गाउँपालिका अध्यक्षमा विजयी नरबहादुर पनले ४६ सय ५० र उपाध्यक्षमा विजयी इन्दीरा वलीले ४६ सय ६१ मत ल्याएकी छन्।बाफिकोट गाउँपालिका अध्यक्षमा विजयी धर्मबहादुर केसीले ३५ सय ६४ मत र उपाध्यक्षमा विजयी मनकला पुनले ३५ सय ७९ मत ल्याएका छन्।

त्यस्तै त्रिवेणी गाउँपालिका अध्यक्षमा विजयी झक्कुप्रसाद घर्ती मगर ३९ सय ५८ र उपाध्यक्षमा विजयी निर्मला विष्ट खड्काले ३९ सय ८० मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

बाह्र वर्षमा निरंकुशता गयो, गएन सामन्तवादः लोकतन्त्र प्राप्तीका १२ वर्ष पूरा

काठमाडौँ – निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई...

सरकारले वाचा पुरा गर्न नसके कांग्रेस पुनः उदाउछ – बामदेव गौतम

काठमाडौँ – एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले वाचा पुरा गर्न नसके नेपाली कांग्रेस पुनः उदाउने बताएका छन् । राउटे लोपोन्भमुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘आदर्श दम्पती पुरस्कार तथा सम्मान कार्यक्रम’ मा बोल्दै गौतमले मुलुकलाई समृद्ध बनाउन जनताले वाम गठबन्धनलाई...

आज तेह्रौँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाईंदै

काठमाडौँ – तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद वि.सं. २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन...

‘हामी विहेअघिका बेहुला – बेहुली’

काठमाडौँ- विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले एकता आश्चर्यजनक रुप्मा कुनै पनि दिन हुनसक्ने बताए ।...