Motivate News

सिए अध्ययनरत विद्यार्थी प्रकाश लेख्छन्: कालिकोटको अवको वाटो, शुन्यदेखि सयसम्म

काठमाडौँ – सर्वप्रथम पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विजयी सबैलाई बधाई तथा सफल कार्यकालको छ । यो निर्वाचनबाट पराजय भोग्नु हुने सबैलाई झनै शुभकामना । तपाइहरुको आगामी बाटोलाई अझै स्पष्ट र शानदार बनाएर आऊने दिनमा जनताको मन र मत जित्ने त्यो आँट र साहस तपाईमा पलाओस् ।

बर्षौ देखि हामीले यहीगुनासो गर्यौ, आक्रोश ओक्ल्यो कि सिहंदरबारले कालिकोटका आशुँ देख्न सकेन, यहाँका पसिनालाई, पिडालाई बुझ्न सकेन । तर अव त्यो सिंहदरबार र त्यहाँ भित्रका जनप्रतिनिधिहरु स्वयम तपाईले नै भोट हालेर तपाईंकै घर आँगनमा स्वागत गरिसक्नुभएको छ । यसलाई एक ठुलो सफलता र उत्सवको रुपमा लिनपर्छ र लगियोस ।

कुन प्रतिनिधि कुन पार्टीवाट जितेर आयो त्यो मुख्य कुरा होइन् किन कि उ जनताबाट जितेको आएको हो र जनताका लागि जितेर आएको हो जनप्रतिनिधि हो । लोकतन्त्रमा यसलाई आम जनमानसले स्विकार गर्नै पर्ने हुन्छ । मेरो आग्रह छ, ति निर्वाचित जनप्रतिनिधिहरुसगं तपाईले चुनाव त कुनै पार्टीको झण्डामा बसेर जित्नुभयो होला तर दिमाखमा मैले जितेको मेरै पार्टीका लागि हो, मेरै कार्यकर्ताका लागि हो, यि र यस्ता दरिद्र मानसिकता र चेतना भुलबस् पनि दिमाखमा नपलाऊन म दुई हात जोडेर बिनम्रतापुर्वक आग्रह गर्न चाहन्छु । किनभने तपाईंले जित्नुभएको तमाम् कालिकोटबासीका लागि हो । ति जनताका सपना साकार पार्न जित्नुभएको हो जसले कैयौन बर्ष रोग, भोक, शोकले आक्रान्त भएर पनि एक मुठि सास र आशामा ज्युँदो लास भएर परिवर्तनको बाटोलाई कुरिरहे । त्यसैले जसले तपाईँलाई बिश्वास गरेर भरोसा गरेर अमुल्य भोट दिए उनिहरुका लागि लड्नुहोस र अझ् त्यो भन्दा धेरै उनिहरुका पक्षमा काम गर्नुहोस् र बिश्वासमा ल्याऊनुहोस । जसले तपाईलाई किन, के कारणले भोट हालेनन ताकि तपाईंकोको आगामी बाटो अझ् सरल र सम्भव बनोस ।

यो तितो यथार्थ पक्कै हो तर स्वीकार गर्नै नै पर्छ कि हरेक क्षेत्र या भनौ सम्रग कालिकोट धेरै पछाडि छ । हामी कालिकोट बासी पछाडि परेका छौ तर यसको मतलब यो होईन कि हामी सधैँ पछाडि नै परिरहन्छौ । अबको बाटो भनेको काठमाडौंले एक कदम चाल्दा हामीले तिन कदम चाल्नु पर्ने छ । त्यो आट्, त्यो आत्मविश्वास, त्यो हिम्मत र साहसलाई आफुभित्र विकास गर्नुपर्छ जो सरल छैन तर असम्भव पनि छैन । हैन भने फेरि पनि हामी समयसंगै उल्टो बाटोतर्फ उन्मुख हुन् थाल्ने छौ ।

तपाईँहरु मान्नुहोस् नमान्नुहोस तर हामीले एउटा यस्तो राजनीति संस्कारको विकास गरेका छौँ, यस्तो कुसंस्कृतिलाई बोकेर हिडाएको छ । अझ भनौ जलमल गरेर हुर्काएका छौ जस्ले हामीलाई विकासको बाटो नभएर विनासको बाटो तर्फ धकेल्दै छ । राजनिति र समाजसेवा फरक छन र हुनु पनि पर्छ । यहाँ ति व्यक्तिहरु जसले राजनितिलाई जिन्दगी गुजारा गर्ने पेषा बनाएका छन उहाँहरूका लागि समाजसेवा केवल एउटा फगत शब्द मात्र हो । र त्यो शब्दमै गएर त्यसको अन्त्य हुन्छ । एका तिर मान्छेमा आक्रोश छ असन्तुष्टि छ त अर्को तिर समाज एउटा नराम्रो राजनीती संस्कारको सिकार बन्दै छ । कसैले हामीलाई हाम्रै सपना पूरा गर्न बचन दिन्छ अनि हामी राजनितिका अन्धा भक्त, भोका, नाङ्गा, रोगी, सोझा जनता कसैको आश्वाशानमा चुरुलुम्म डुुब्छौ अनि जन्मिन्छ हामी भित्रबाट एउटा नाईके र ऊ कुम्ला कुटिरा बोकेर शहर पस्छ । फेरी फर्किने बाचा गरेर कहिल्यै नफर्किने गरि र यसरी बढ्दै जान्छ दुरी मान्छे मान्छे बीचको ।

एक अर्का प्रतिको विस्वासको दुरी, भरोषा अनि आशावीचको मजबूरी । त्यसैले म फेरीपनि दुईहात जोडेर विनम्रतापुर्वक आग्रह गर्न चाहन्छु जबसम्म राजनीति सुध्रिदैन तबसम्म समाजले गति लिन सक्दैन । त्यसका लागि यो राजनैतिक पद र प्रतिष्ठाको खोल ओढेर भित्र भ्रष्टाचार कुसंस्कारको जालो बुन्नलाई राम्ररी चिनौ र सचेत गराऊ । त्यतिले गर्दा पनि भएन भने समाजिक बहिष्कार गरौँ किनभने मलाई बिश्वास छ केहि ईमान्दार र योग्य सक्रिय हुने हो भने, यो देश हजारौ वेमानहरुले पनि बिगार्न सक्दैनन्।

हामी समस्यै समस्याले बेरिएका छौ चाहेँ त्यो ब्यक्तिका समस्या हुन् या समाजका या त सम्रग कालिकोटका । हामी नराम्रोसगं फसेका छौ समस्याको खाडलभित्र तर समस्या देखेर पनि समाधान गर्न तर्फ नलाग्नु नै हाम्रो सबैभन्दा जटिल र ठुलो समस्याको बनेको छ । त्यसैले म आग्रह गर्न चाहन्छु निर्वाचित प्रतिनिधिहरुसगँ हाम्रो आगामी बाटो भनेको बाहिरी चुनौतिहरुलाई भन्दा पनि आफुभित्रको क्षमतालाई पहिचान गरेर अगाडि बढ्नु हो ।

कालिकोटका जनताले धेरै ठुला सपना देखेका छैनन् । उनिहरूले न त मेट्रोका सपना बोकेका छन न त रेलका नै सपना देखेका छन्, नत ठुला ठुला अत्याधुनिक सुबिधा सम्मपन्न महल, बजारका सपना देखेका छन, न त कुनै शरिरमा सुकिला लुगा र घाटीँमा टाईका सपना । उनिहरूलाई बस् दुई छाक् खान पुगोस्, एकसरो लाऊन पुगोस, घामपानिबाट जोगिन एउटा घर होस । कमाऊने सानो बाटो होस, आफ्नो जन्मभुमी बुढा वाआमा, सन्तान, परिवार छोडेर विदेशमा कसैको एक थोपा आशुँ नझरोस, अकालमै कसैले औषधि मुलो नपाएर मर्न नपरोस, कुपोषणले कसैको ज्यान नजाओस, स्थानिय स्रोत साधनको सहि सदुपयोग होस, उत्पादनले बजार पाओस, जातिय छुबाछुत लगायत महिला हिंसा अन्त्य होस र समाजले समानताको नयाँ अनुहार बोकेर आओस बस यति मात्र हुन् आजका आवश्यकता भनेका ।

आजको तत्कालीन आवश्यकता भनेको जग बसाऊनु हो एक मजबूत सामाजिक, आर्थिक, राजनैतिक जग ताकि अगाडि हामीले भब्य सुन्दर महल खडा गर्न सकौ । त्यसैले म के आग्रह गर्न चाहन्छु भने सगरमाथा चढ्नु पूर्व हामीले नाम्चे पुग्नु पर्छ, कुनै सुति कारखानाको मालिक बनेको सपना देख्नु पूर्व हामीले बारीमा बिऊ छर्नुपर्छ, हो त्यसरी नै पहिला तिनै प्रारंभिक साना कुराहरुलाई ठुलो हिम्मत बोकेर समाऊ नाम्चे पुगौँ, बारीमा पहिला बिऊ छरौ अनि बिस्तारै ठुला कुराले आफै गति लिनेछन् ।

आऊनुहोस सकरात्मक भएर म एकले गर्दा के हुन्छ हैन म एकले गर्दा कैयोन कुरा हुन् सक्छ भन्ने अठोट बोकेर यो विकास र परिवर्तनको महायात्रामा सक्रिय सहभागिता देखाऊदै शुन्य देखि सयको बाटोमा अगिपछि हैनै एउटै आवाजलाई बुलन्दित पार्दैसगैँ हिडौँ । आऊनुहोस् अबेर नगरौ घडिको सुईँसगै आफ्नो चेतनालाई घुमाऊदै लगौँ, सकरात्मक रहुँ र सचेत रहुँ । विकास र परिवर्तन हाम्रै कालमा सम्भव छ ।
धन्यवाद ।

न्यौपाने कालिकोटका स्थानिय वासिन्दा हुन् भने एक सिएका होनाहार विद्यार्थी पनि.. ।

प्रतिकृया दिनुहोस्

पानी नचल्ने हातको औठाछाप, तिम्रो बा को चुनाव चिन्हमा चल्ने ?

बेलायत – “पानी नचल्ने हातको औठाछाप चल्ने” देशमा चुनाबको माहोल तातिएको बेला आउ, तिम्रो र मेरो प्रेमको गर्मी पनि अलिकती थपौं,, मेरो सार्की बाउको हातको पानी तिम्रो बाहुन बा लाई नचल्ने, आज चुनावमा त्यही पानी नचल्ने हातको औठाछाप तिम्रो बा को चुनाव...

सांसद हुन त यस्ता पो !

काठमाडौं – महाभुकम्प गएको पनि २ बर्ष पुग्न लाग्यो । १२ बैसाख २०७२ को दिन नेपालीहरुका लागि एक कालो दिन बनेर आयो, हजारौँ जनताको कयौँ सपनाहरु क्षणभरमै खरानी बने । झण्डै दश हजारको ज्यान गयो, हजारौँको संख्यामा घाइते भए । कति घर...

सय रुपैयाँ तिरेर फिल्म हेर्ने हैसियत नभएकाहरुले छक्का पन्जाको उछितो काटिरहेका छन्

काठमाडौँ – म खास्सै चलचित्र हेर्ने र त्यसका प्रति कुनै टिप्पणी गरिरहने मान्छे त होइन तर पनि पछिल्लो समय मैले हेरेको चलचित्र छक्का पन्जा प्रति सामाजिक संजालमा आइरहेका केही टिप्पणीहरु प्रति मन साह्रै असहमत भएकाले केही लेख्नै मन लाग्यो । हलमा रिलिज...

कविता : पृथ्वीनारायण शाह र एकता !

काठमाडौँ – एकादेशमा यो पृथ्वीमा एउटा थियो नेपाल जुन टुक्रा टुक्रा मा भिभाजित भइ बाच्यो धेरै साल भाग्यले जन्म्यो एउटा माहान पुरुष र नेता जसको नाम थियो पृथ्वी र उसले ल्यायो एकता ! विभिन्न प्रदेश ,भाषा र जातिलाई एउटै धागोमा बाँधे र...