Motivate News

रास्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख बरालका यस्ता छन् समृद्ध रास्कोट बनाउने योजनाहरु

कालिकोट – रास्कोट नगरपालिकाका नवनिर्वाचित मेयर काशिचन्द्र बरालले अबको ५ बर्ष भित्र रास्कोट नगरपालिकालाई समृद्ध रास्कोट बनाउने बताएका छन् ।

स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकारले गर्ने सामाजिक विकासका सवालबारे मोटिभेटका कालिकोट संवादाता लंकराज धमालासंग कुरा गर्दै यस्तो समृद्ध रास्कोट बनाउनकै लागि आफूलाई जनताले विजयी गराएको बताएका हुन ।

उनले अबको ५ बर्ष भित्र रास्कोटलाई समृद्ध बनाउन कम्तिमा १ मेगावाडको विद्युत उत्पादन गर्ने, रास्कोटको सिप्टी, विसाली र देउराक्षेत्रको प्रवर्धन गरी पर्यटन विकास गर्ने, लिफ्ट प्रविधिको विकास गरी पुरै रास्कोट क्षेत्रमा फोहोरा सिचाईको विकास गर्ने, नगरपालिकाका समुदायलाई शुलभ यातायात सेवा दिन नगर बसको ब्यवस्था गर्ने, ब्यवशायिक कृषि प्रणालीको विकासको लागि कृषहरुलाई ७५ प्रतिशत अनुदानमा ऋण अनुदानको ब्यवस्थापन गरी कृषकहरुलाई जाग्रुक गराउने, कृषि उपजको बजारीकरणको लागि मापदण्ड निर्माण गरी प्रवर्धन गर्ने जस्ता थुप्रै योजना रहेको बताएका छन् ।

विगत केही बर्ष आफूले विश्वका विभिन्न देशहरुमा भ्रमण गरेको अनुभव बताउदै बरालले विदेश भ्रमणमा बटुलेका अनुभवलाई अब आफ्नै क्षेत्रमा प्रयोगमा ल्याउन मिसन योजना अगाडी सार्न लागेको बताए । यसका लागि अबको केही महिना विभिन्न विज्ञ, दातृ निकाय तथा विभिन्न क्षेत्र तथा निकायमा सम्बन्ध विस्तार अभियान थालेको पनि बताए ।

प्रतिकृया दिनुहोस्

जीन्दगीमा सफलता चाहनुहुन्छ, बुद्धिलाई धार लगाउनुहोस् (धार लगाउने तरिका सहित)

काठमाडौँ – हामीहरु सबैमा स्पर्श, स्वाद, दृष्टि, गन्ध र श्रवण पाँच ज्ञानेन्दीय हुन्छन् तर सफल ब्यक्तिहरुसंग छैटौँ ज्ञानेन्दीय पनि हुन्छ, त्यो हो व्यावहारीक ज्ञानेन्दीय । व्यावहारीक ज्ञानेन्दीय भनेको बस्तुहरु जस्ता छन्, त्यस्तै देख्नु र तिनीहरुलाई जे व्यावहार गर्नुपर्ने हो, त्यही गर्ने क्षमता...

कार्यक्रम ‘सफलताको बाटो’ भव्यताका साथ सम्पन्न, ७ सय यूवाहरुले गरे सफलताको संकल्प

काठमाडौं – मोटिभेट न्यूज डटकमले आयोजना गरेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा करिव ७ सय यूवाहरुले सफलताको संकल्प गरेका छन् । कार्यक्रममा चर्चित उत्प्रेरक बक्ता वि.के शर्माले यूवाहरुलाई सफलताका सुत्र...

कार्यक्रम ‘सफलताको बाटो’ को सम्पूर्ण तयारी पुरा, ७ सय यूवाहरु लाभाम्वित हुँदै

काठमाडौँ – मोटिभेट न्यूज डटकमले आयोजना गर्न लागेको ‘सफलताको बाटो’ नामक उत्प्रेरणात्मक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने उक्त कार्यक्रममा करिव ७ सय यूवाहरुको सहभागिता रहनेछ । सकारात्मक पत्रकारीता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको यस...

आजकै दिनदेखि उज्यालो भएको थियोे काठमाडौँ, यस्तो थियो कुलमानको योजना

कार्तिक २, काठमाडौँ – गत वर्ष तिहार नजिकिँदै गर्दा लोडसेडिङ बढेर जाने चिन्तामा थिए, नेपाली । काठमाडौं उपत्यकावासी त झनै १८ घण्टे लोडसेडिङको प्रतीक्षामा थिए । तर, विद्युतको उच्च माग हुने दिन लक्ष्मीपूजामा पनि लाइन गएन । धेरैले यसलाई चमत्कारकै रुपमा व्याख्या...