Motivate News

को हुन् नेपाली क्रिकेट टिमका ओपनर सुनिल धमाला ? जसको सुरुवाती रनले चम्किन्छ टिम नेपाल

काठमाडौँ – नेपालमा पछिल्लो समय क्रिकेटको स्कोप ह्वात्तै बढेको छ । नेपाली राष्ट्रिय टिमले अन्तरष्ट्रिय प्रतियोगितामा शानका साथ खेलेर नेपालको नाम विश्वभर चिनाएकाले पनि होला बच्चा देखि बृद्धसम्मले क्रिकेटलाई विशेष महत्वका साथ हेर्ने गरेका छन् । नेपालले धेरै यस्ता खेल खेलेको छ, जहाँ विपक्षी जस्तो बलियो हुँदा पनि नेपाली खेलाडीहरुले स्तव्ध पारेकै हुन्छन् । विदेशीसंगको खेलमा नेपालको प्रहारले राष्ट्रियतामा पनि बल पुगेको छ ।

टिम नेपाललाई मैदानमा चम्काउन राष्ट्रिय टिमका ओपनर शुनिल धमालाको पनि उक्तिकै महत्वपूर्ण भुमिका छ । ‘विहानीले दिनको झल्को दिन्छ’ भने जस्तै, जव सुनिल धमालाले राम्म्रोसंग खेलको सुरुवात गर्दछन् अनि नेपालले सानदार जित हाँसिल गर्ने गरेको छ । उनकोे एक एक रनले टिम नेपाललाई हौसला प्रदान गरिरहेको हुन्छ । उनले राम्म्रो सुरुवात गरेर धेरै पटक टिम नेपाललाई विजय गराएका छन्  । धेरैपटक देशको शान बढाएका छन् तर उनलाई भने नेपाली दर्शकले त्यति चिन्दैनन्, जान्दैनन् ।

मिडियामा कम बोल्ने र हल्का लजाउने स्वभावका उनी खेलबाहेक अरु सोच्दै सोच्दैनन् । पाठकलाई अच्चम लाग्नसक्छ, क्रिकेट भनेपछि सबैकुरा विर्सिने उनले क्रिकेट खेल्दा खेल्दै राम्रोसंग नेपाली सिक्ने अवसरपनि पाएनन् । उनी बोल्दा हरेक शब्दमा सुदुर पश्चिमको गन्ध आउँछ, उनी नेपाली भाषा राम्म्रोसंग बोल्न जान्दैनन् । सुदुर पश्चिमबाट क्रिकेटमा उदाएका धमालालाई मात्रृभाषा राम्रोसंग बोल्न आउँछ तर नेपाली सब्द उच्चारणमा उनलाई धेरै गाह्रो पर्दछ । ‘खेल्दा खेल्दै उनले नेपाली बोल्न सिकेनन्’ यसरी अथ्र्याउन सक्छन् उनलाई भेट्न् जो कोहीले ।

कालिकोटको रास्कोट नगरपालिका वडा नं. ८ वाउनथानमा जन्मिएका धमाला सानै देखि खेलकुदमा रुचि राख्दथे । कालिकोटबाट उनी सानै छँदा उनको परिवार बसाइसरेर कन्चनपुर गुग्यो । उनले त्यहीबाट उच्च शिक्षा हाँसिल गरे । क्रिकेटमा सानैदेखि रुचिभएकाले होला उनको सानै देखि व्याट्ससंग पिरति वस्यो । न त उनलाई व्याट्सले छोड्न सक्यो न त उनले व्याट्सनै छोड्नसके । महेन्द्रनगर तराईको भुभाग, क्रिकेट खेल्न प्रयाप्त मैदान, त्यस्तै साथिहरुसंगको संगत र व्याट्ससंग परेको मायाले गर्दा उनलाई झन् क्रिकेटतिर लगनसिल बनाउँदै लग्यो । क्रिकेटलाई विर्सन नसकेर होला उनलाई राम्रोसंग नेपाली बोल्नै आउँदैन् ।

महेन्द्रनगरमा सामान्य क्रिकेट सिकेर उनीका एकजना मिल्ने दाईले सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम डोटी लगेर गए । त्यहाँ उनले डोटी क्लवमा रहेर थप प्रशिक्षण लिए । अझ भनौँ उनको क्रिकेट करिअरको सुरुवात डोटी क्रिकेट क्लवबाट भएको हो ।

मिहिनेतले नै नतिजा राम्रो ल्याउँछ भन्ने दरिलो विस्वास भएका धमालाले राष्ट्रिय तथा अन्तराष्ट्रिय टिममा पर्नका लागि कहिलै खेलेनन् । उनले कसरी राम्रो खेल्न सकिन्छ र आफ्नो टिमलाई कसरी विजयी गराउने भन्दा वाहेक केहि पनि सोचेनन् र पो अहिले उनको राष्ट्रिय उचाई बनेको छ । सपना भन्दा मिहिनेत भए नसोचेको सपना प्राप्त गर्न सकिने बताउने धमाला त्यसपछिका दिनहरुमा क्षेत्रिय टिम हुँदै अण्डर १९ राष्ट्रिय टिमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेल्न थाले ।

अण्डर १९ मा राम्रो खेलेपछि उनलाई नेपाल प्रहरीले आफ्नो टिमबाट खेल्नका लागि केहि समय अनुबन्दीत गरेर खेलायो । तर अहिले उनी प्रहरीकै टिमबाट खेलिरहेका छन् । आजसम्म कति पटक म्यान अफ दी म्याच घोषित भए, त्यसको हिसावकिताव राख्न दिनभरी लाग्छ उनलाई । अहिले चलिरहेको प्रधामन्त्री कपमा पनि म्यानअफदि म्याच भईसकेका छन् धमाला ।

आजसम्म उनले एक खेलमा १२८ रन सम्म बनाएको रेकर्ड छ । अण्डर १९ प्रतियोगितामा उनले पोखराका विरुद्ध भएको खेलमा १२८ रन बनाएर आफ्नो इतिहाँस रचेका छन् । त्यस्तै राष्ट्रिय टिमबाट पनि उनले अन्तराष्ट्रिय खेलमा १०२ सम्म रन बनाएका छन् । खेल जीवनबाट रिटायर भएपछि कालिकोटको क्रिकेट विकासमा लाग्ने सोंच भएको बताउने धमालाई आफ्नै गाँउको लागि केही गर्ने चाहान्छ । प्रहरी तालिम केन्द्रमा रहेर अझै आफ्नो खेललाई निखारता दिइरहेका धमाला कर्णाली अञ्चलकै एकमात्र क्रिकेटर हुन् । दुर्गमका धमला कर्णालीलाई मात्र हैन् देशलाई नै विश्वमा चिनाउन लागि परेका छन् ।

प्रतिकृया दिनुहोस्

मन्त्रिपरिषद विस्तारको तयारी, आज बेलुकासम्म विस्तार हुने संकेत

  साउन ९, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी तिव्र पारेका छन् । काँग्रेस केन्द्रीय समितिको बैठक सकिना साथ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँग पटक-पटक भेट...

डा. केसी ११ औं पटक अनसन बस्दै

  साउन ९, काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् । विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको...

पहिरोले भोटेकोसीमाथिको लार्चा पुल भाँचियो, तातोपानीसँगको सडक सम्बन्ध विच्छेद

साउन ९, काठमाडौं – आइतबार बेलुका आएको पहिरोले सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो । पुलको...

भोटेकोशीको बाढीले लार्चाको पुल बगायो स्थानीयवासी त्रसित

साउन ९, काठमाडौं । अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ । यसअघि भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल हिजोको भने पूर्णरुपमा क्षतिग्रस्त...