Motivate News

सान मारिनोको पोस्टमा जर्मनीको ७ गोल, पोल्याण्ड र डेनमार्क पनि विजयी

 

जेठ २८, काठमाडौं – विश्वकप २०१८ को छनोटअन्तर्गत गएराति भएको खेलमा जर्मनीले शानदार जित दर्ता गरेको छ ।
युरोपियन क्षेत्रको छनोटअन्तर्गत समूह ‘सी’ मा रहेको विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन सान्ड्रो वाग्नरले ह्याट्रिक गरे । छनोट चरणमा अहिलेसम्म भएका सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यही समूहका अन्य खेलहरुमा नर्दन आयरल्याण्डले अजरबैजानलाई १–० ले हराउदा नर्वे र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् ।

विश्वकप छनोटअन्तर्गत गएराति भएको समुह एफका खेलहरुमा पोल्याण्ड, डेनमार्क र मोन्टेनेग्रो विजयी भएका छन् । पोल्याण्डले रोमानियालाई ३–१ ले हराएको हो । खेलमा पोल्याण्डलाई विजयी गराउन रोबर्ट लेवानडोस्कीले ह्याट्रिक गरे ।

यसैगरी डेनमार्कले काजखस्तानलाई ३–१ ले हराँउदा मोन्टेनेग्रोले अर्मेनियालाई ४–१ ले हराएको छ ।

विश्वकप छनोटअन्तर्गत गएराति भएको अर्को खेलमा इङ्ल्यान्डलाई स्कटल्याडले दुई–दुई गोलको बराबरीमा रोकेको छ ।

यही समुहको अर्को खेलमा स्लोभेनियाले माल्टालाई २–० ले तथा स्लोभाकियाले लिथुआनियालाई २–१ ले हराएका छन् ।

प्रतिकृया दिनुहोस्

​जिरोनाविरुद्ध बार्सिलोनाकाे गोलको वर्षा, स्वरेजको हाट्रिक

काठमाडौं  – बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो । स्वारेजको ह्याट्रिकसँगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोलको योगदान दिए । तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै...

आइसीसी वल्ड क्रिकेट डिभिजन टू : नेपाल आज ओमानसँग खेल्दै

  काठमाडौं – आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै...

आइपीएलको ११औँ संस्करणमा आज नेपालका सन्दिप लामीछानेको परीक्षा

काठमाडौं – बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको प्रतियोगिताको लागि आज पनि खेलाडी लिलामी जारी रहने छ । आइपिएल अक्सनमा छनोट भएका नेपालका स्पिनर सन्दिप लामिछानेको पनि नाम छ । आज दोश्रो दिनको खेलाडी लिलामीमा सन्दिप खेल्न पाउने या नपाउने...

बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम ,पेनाल्टीमा चुके मेस्सी

काठमाडौं – यस सिजनका सबै प्रतियोगिताहरुमा अपराजित यात्रा जारी राखेको बार्सिलोनाको लागि स्पाइनियल बाधक बनेको छ । गएराति भएको कोपा डे रे को क्वाटर फाइनलको पहिलो लेगमा स्पाइसनयलसंग १ . ० स्तब्ध हुँदै बार्सिलोनाको अपराजित यात्रामाथि पुर्णविराम लागेको हो । अत्यन्तै प्रतिस्पपर्धात्मक...