Motivate News

विराट कोहलीको कीर्तिमानपछि भारत फाइनलमा, पाकिस्तानसँग उपाधिका लागि भिड्ने

असार २, काठमाडौं – कप्तान विराट कोहली र रोहित शर्माले दोस्रो विकेटका लागि १ सय ७८ रनको अविजित सतकीय साझेदारी गरेपछि भारतले ९ विकेटले बंगलादेशलाई पराजित गर्दै लगातार दोस्रो पल्ट च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।

डिफेन्डिङ च्याम्पियन भारतको अब फाइनल भिडन्त कट्टर प्रतिद्वन्दी पाकिस्तानसँग हुनेछ। विहिबार दोस्रो सेमिफाइनलमा टस जितेर भारतीय कप्तान विराट कोहलीले बंगलादेशलाई ब्याटिङको निम्तो दिएका थिए।

जसमा भारतीय बलर केदार जाधव र जस्प्रित बुमराहको बलमा असहज महसुस गरेको बंगलादेशले ७ विकेट गुमाएर २ सय ६४ रन बनायो। भुवनेश्वर कुमारको बलमा सुरुमै ३१ रनमा २ विकेट गुमाएको बंगलादेशका लागि तमिम इक्बाल र मुस्फिकर रहिमले तेस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई राम्रो योगफलतर्फ डोर्याएका थिए।

तमिमले ७० र रहिमले ६१ रन बनाए। यसबाहेक कुनै बंगलादेशी ब्याट्सम्यानले ठोस साझेदारी गर्न सकेनन्। केदारले पहिले तमिम र पछि रहिमलाई आउट गरे। बुमराहले २१ रन बनाएका महमदुल्ला र १५ रन बनाएका मोसादेक होसेनलाई आउट गर्दै थप ठूलो साझेदारी गर्न दिएनन्। पुछारमा कप्तान मसराफे मुर्तजाले अविजित ३३ रन बनाउदै आफ्नो टोलीलाई सम्मानजनक अवस्थामा पुर्याए।

प्रतियोगिताको सबैभन्दा बलियो ब्याटिङ लाइन–अप मानिएको भारतका लागि शिखर धवन र रोहित शर्माले ८७ रनको ठोस साझेदारी गरे। धवन यस प्रतियोगितामा पहिलो पल्ट अर्धसतक पुरा गर्नबाट ४ रनले चुके। उनले ४६ रन बनाए।

यसपछि रोहित शर्मा र कप्तान विराट कोहलीले १ सय ७८ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई ५९ बल खेल्न बाँकी रहँदा विजय दिलाए। रोहितले अविजित रहँदै १ सय २३ रन बनाए। कप्तान कोहली ९६ रनमा अविजित रहे। कोहलीले सबिर रहमानले ४० दशमलव १ ओभरमा गरेको बललाई चौका प्रहार गर्दै आफ्नो टोलीलाई विजय दिलाएका थिए।

विराटले यही खेलमार्फत एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाए। खेलको म्यान अफ दि म्याच रोहित शर्मालाई घोषित गरियो।

प्रतिकृया दिनुहोस्

मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट

  साउन ९, काठमाडौं – आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि राहित कुमार पौडेलले...

एसियन कप फुटबल छनोटका सबै खेलमा नेपाल पराजित, लेबनानसँग २-० को हार

  साउन ५,काठमाडौं- २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ । युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २-० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन्...

सन्दिप लामिछानेको शानदार बलिङका कारण नेपालद्वारा मलेसियालाई ५ विकेटले पराजित

साउन ३ ,काठमाडौं – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ । ५९ रनको लक्ष्य नेपालले ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको गरेको हो । पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट...

सिंगापुर ७३ रनमा अलआउट, सन्दिपले लिए ५ विकेट

साउन २, काठमाडौं – यू–१९ विश्वकप छनोट क्रिकेटमा सिंगापुरले नेपालसामू ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । सिंगापुर क्रिकेट क्लब, पादाङमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुजवात राम्रो...