Motivate News

उत्कृष्ठ शैक्षिक परामर्श संस्था जापानको अवार्ड कुमारीलाई

काठमाडौं – सकारात्मक पत्रकारीता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको अग्रणी डिजिटल पत्रिका मोटिभेट न्युज डटकमले गौरवमय तेश्रो वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । मोटिभेट न्युजले तेश्रो बर्षको यात्रा तय गरेको अवसर पारी १२ सय बढि युवाहरुलाई उत्प्ररित गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ठुलो हलमा सम्पन्न कार्यक्रममा १२ सय भन्दा बढि यूवाहरुको सहभागीता रहेको थियो । वार्षिक उत्सवको अवसर पारी मोटिभेश्नल सो Inspiring Day program पनि राखिएको थियो । उक्त कार्यक्रममा उत्प्रेरकवक्त विके शर्माले आफ्नो महत्वपूर्ण मोटिभेश्नल स्पिच राखेर यूवालाई क्षणभरमा हसाए र क्षणभरमै रुवाएका थिए । विश्व साइकल यात्री पुस्कर शाह र उत्प्रेरक लेखक अमर न्यौपानेले आफ्ना सफलताका कथाहरु बाँडेर युवामा उर्जा थपेका थिए ।

त्यस्तै कार्यक्रममा अघिल्लो वर्ष देखि सुरु गरिएको मोटिभेट शैक्षिक अवार्डलाई पनि निरन्तरता दिइएको थियो । यो वर्ष पनि १४ ओटा विद्यामा शैक्षिक संस्था तथा व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको थियो ।

यस्तै उत्कृष्ठ शैक्षिक परामर्श संस्था जापानको अवार्ड कुमारी जापानिज ल्याङगोइज स्कुल नयाँ वानेश्वरले हात पारेको छ । विगत लामो समय देखि परामर्श क्षेत्रमा रहेको कुमारीले जाप्निज भाषा सिकाउनुका साथै जापानमा अध्ययनको लागि पठाउने गरेको छ । वानेश्वरबाट थापा गाउँ जाने बाटोमा रहेको कुमारी जाप्निज ल्याङगोइजले जापानीज भाषालाई प्राथमीकतामा राखेर विद्यार्थीहरुलाई परामर्श दिने गरेको छ ।

प्रतिकृया दिनुहोस्

बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष पुगेको दिन बुधबार धरहराको फदनजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा ।’ २०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा...

नेपाललाई छोडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा...

ओलीले देशलाई अधिनायकवादतर्फ लगे, अब कांग्रेसले प्रतिकार गर्छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मुलुक अधिनायकवादतर्फ उन्मुख गराउने वर्तमान सरकारको रणनीतिमा कांग्रेस मौन रहन नसक्ने बताएका छन् । ‘वर्तमान सरकारले देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा कांग्रेस चुप लागेर बस्दैन, प्रतिकार गरेरै छोड्छ’, उनले भने, ‘सरकार मुलुकलाई अधिनायकवादतर्फ...

नेपालीको प्रतिव्यक्ति कूल आय एक लाख नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को ६ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांक अनुसार विप्रेषण सात खर्ब...