Motivate News

कामु सचिवको जिम्मेवारी सहित निर्वाचन आयोग पुगे सामान्य प्रशासन मन्त्रालयका सहसचिव न्यौपाने

काठमाडौं – सरकारले चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई ल्याएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव मैनालीको सरुवा गरेर न्यौपानेलाई आयोगमा ल्याएको हो । निर्वाचन आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा सरुवा गरेको छ ।
सरकारले सामान्य प्रशासन मन्त्रालय कर्मचारी व्यवस्थापन महाशाखामा कार्यरत न्यौपानेलाई कामु सचिवको रुपमा निर्वाचन आयोगमा ल्याएको हो ।

खरदार देखि निजामती सेवा आरम्भ गरेका न्यौपाने कर्मचारीतन्त्रका सबै अनुभव बटुलेर सचिवमा बढुवा भएका छन् । कठिन समयमा पाएको यो जीम्मेवारी कुशलताका साथ पुरा गर्ने न्यौपानेले बताएका छन् ।

हेर्नुहोस को हुन् न्यौपाने

एउटा कर्मचारीले चाह्यो भने कति गर्न सक्छ, हेर्नुहोस भिडियोमा, खाँचो छ केवल इच्छाशक्तिको !

 

महेश्वरको जीवन यात्रा : मुक्त कमैयाको समस्या समाधानदेखि उद्योग बिभागको अटोमेसनसम्म

 

प्रतिकृया दिनुहोस्

बाह्र वर्षमा निरंकुशता गयो, गएन सामन्तवादः लोकतन्त्र प्राप्तीका १२ वर्ष पूरा

काठमाडौँ – निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता मात्रै होइन, तीन तहको चुनावपछिको संविधान कार्यान्वयनले मुलुकमा राजनीतिक आन्दोलनलाई...

सरकारले वाचा पुरा गर्न नसके कांग्रेस पुनः उदाउछ – बामदेव गौतम

काठमाडौँ – एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले वाचा पुरा गर्न नसके नेपाली कांग्रेस पुनः उदाउने बताएका छन् । राउटे लोपोन्भमुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘आदर्श दम्पती पुरस्कार तथा सम्मान कार्यक्रम’ मा बोल्दै गौतमले मुलुकलाई समृद्ध बनाउन जनताले वाम गठबन्धनलाई...

आज तेह्रौँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाईंदै

काठमाडौँ – तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं. २०५९ जेठ ८ गते विघटन भएको संसद वि.सं. २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन...

‘हामी विहेअघिका बेहुला – बेहुली’

काठमाडौँ- विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले एकता आश्चर्यजनक रुप्मा कुनै पनि दिन हुनसक्ने बताए ।...