Motivate News

आजबाट सबै शिक्षण संस्था बन्द, १४ गते सार्बजनिक विदा

 

असार ११ ,काठमाडौं – दोस्रो चरणमा निर्वाचन हुन लागेका प्रदेशहरुमा आजबाट सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते स्कुल, कलेज लगायतका सबै शिक्षण संस्थाहरु बन्द गरिएको हो ।

मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएकाले चार दिनसम्म पठन पाठन बन्द गरिदिन निर्वाचन आयोगले गरेको आग्रह अनुसार सरकारले यसअघि नै यो निर्णय गरेको थियो ।
मतदानको दिन असार १४ गते भने सरकारले सार्बजनिक विदा दिने निर्णय गरेको छ । मतदानको दिन सबै सरकारी, अर्धसरकारी तथा सार्बजनिक संस्थानहरुमा सार्बजनिक विदा हुनेछ ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाहरुमा असार १४ गते स्थानीय तहको चुनाव हुँदैछ । पहिलो चरणमा भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते चुनाव भएको थियो । २ नम्बर प्रदेशमा भने आगामी असोज २ गते चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य चौकी हस्तान्तरण

असार ९, दाङ – दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । रु एक करोड ७२ लाख ३० हजारको लागतमा सो भवन निर्माण भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इञ्जिनियर राजेन्द्र पाण्डेयले जानकारी दिए । बालमैत्री...

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत परीक्षा फाराम भराउने

असार ३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै...

गरीब , जेहेन्दार तथा दलित बालबालिकालाई छात्रवृत्ति

असार ३, पाल्पा – सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार ९१ बालिका र २० दलित विद्यार्थी गरी जम्मा १११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर...

पहिरो खस्दा विद्यालयमा भौतिक क्षति

असार ३, बागलुङ – गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को “ट्रष्ट” भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि...