Motivate News

काठमाडौंमा ‘खतरनाक रुघाखोकी’, स्वाइनफ्लुको नाममा आतंक

असार १४ ,काठमाडौं – बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ। कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन्। उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

ती महिलाको खकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त भाइरस देखिएको उपचारमा संलग्न अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाले जानकारी दिए। ‘रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला उहाँ अस्पताल आउनुभएको थियो। लक्षणहरू शंकास्पद भएकाले खकार परीक्षण गर्दा एचवानएनवान फ्लुको संक्रमण देखिएको हो,’ डा. बास्तोलाले भने, ‘उहाँलाई निगरानीमा राखेर उपचार सुरु गरेका छौं र अन्य मानिस पनि यसबाट सचेत हुनुपर्छ तर आत्तिनुपर्दैन भनेका छौं।’

डा. बास्तोलाले यो रुघाखोकी अन्य रुघाखोकी जस्तै सामान्य भए पनि बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीका लागि भने जोखिमपूर्ण भएकाले सचेतना फैलाउन आवश्यक रहेको बताए। विशेषगरी प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सर्ने यो रुघाखोकीले फोक्सोको ‘टिस्यु’ मा असर गरी अपर्झट श्वासप्रश्वासमा बाधा पुर्‍याउन सक्छ। यसलाई चिकित्सकहरू ‘एक्युट रेस्सपिराटरी डिस्ट्रेस सिन्ड्रोम’ भन्ने गर्छन्।

स्वाइनफ्लुको नाममा आतंक

यो रुघाखोकी सन् २००९ मा मेक्सिकोको वेराक्रुज इलाकाको सुँगुर फार्ममा सबैभन्दा पहिले फैलिएको थियो। त्यसैले उक्त रुघाखोकीलाई ‘स्वाइन फ्लु’ को नाम दिइएको थियो। विश्वका अधिकांश मुलुकमा फैलिएपछि यसलाई विश्व स्वास्थ्य संगठनले ‘पेन्डेमिक एन वन नाइन’ भनेको छ। पछि सुँगुरको सम्पर्कमा नआएका मानिसमा पनि उक्त रुघाखोकीको भाइरस देखियो। विश्व स्वास्थ्य संगठनले यो रुघाखोकीलाई सामान्य रूपमा लिइएकाले ‘स्वाइनफ्लु’ को भ्रम नछर्न आग्रह गरेको छ।

नेपालमा पनि यो समस्यालाई ‘स्वाइनफ्लु’को नाममा बेलाबेलामा सर्वसाधारणलाई आतंकित बनाउने काम भएको छ। दुई वर्षअघि जाजरकोटमा यस्तो समस्या देखिँदा ‘स्वाइनफ्लु’ भन्दै प्रचार गरिएपछि सर्वसाधारण त्रसित बनेका थिए। यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये ‘एचवानएनवान’ सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन्। मौसम परिवर्तन हुनासाथ हरेक वर्ष नेपालमा यो समस्या देखिने गरेको छ। समयमै परीक्षण भएमा यसको उपचार सम्भव भएको डा. बास्तोलाले बताए।

प्रतिकृया दिनुहोस्

नेसनल प्याब्सन काठमाडौले ग़र्यो उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान

काठमाडौं – राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसियसन नेपाल  नेसनल प्याब्सन  जिल्ला कार्य समिति काठमाडौं ले एसइइ सम्मान तता शुभकामान आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । गोल्डेन लाइट पार्टी प्यालेस मित्रपार्क काठमाडौंमा  सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय शिक्षा राज्य मन्त्रि...

बद्रीप्रसाद दाहाललाई अध्यक्षतामा चयन गर्दै अपेनको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न

भदौ २६,काठमाडौं – मन्टेश्वरी, किन्डरगार्टन तथा प्रि–स्कुलहरुकोे छाता संगठन अपेन को प्रथम राष्ट्रिय अधिवेशन राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले बद्री प्रसाद दाहालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रिय  कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । केन्द्रिय कार्यसमितिको महासचिवमा अभिषेक घिमिरे चयन हुनुभएको छ...

सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !

भदौ २५, काठमाडौं- सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको हो। यो खबर हामीले आजको गोरखापत्रबाट...

पिस प्वाइन्ट कपमा आयोजकलाई दुबै हातमा लड्डु

काठमाडौँ – पिस प्वाइन्ट बोर्डिङ स्कुलले आयोजना गरेको दोश्रो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगीतामा छात्र तथा छात्रा दुबै तर्फ आयोजक पिस प्वाइन्ट बोर्डिङ स्कुल च्याम्पियन बन्न सफल भएको छ । भदौ १७ शनिबार सानो गौचरणमा सम्पन्न फाइनल खेलमा...