Motivate News

पोर्चुगललाई ३–० ले पराजित गर्दै चिली फाइनलमा

असार १५ , काठमाडौं – गोलरक्षक क्लाउडियो ब्राभोको नायकिय प्रदर्शनपछि चिली पेनाल्टी सुटआउटमा युरो विजेता पोर्चुगललाई ३–० ले पराजित गर्दै चिली कन्फिडरेशन कपको फाइनलमा पहिलो पल्ट प्रवेश गरेको छ।

निर्धारित ९० र थप गरिएको ३० मिनेटपछि पनि कुनै नतिजा ननिस्किएपछि कन्फिडरेशन कपको पहिलो सेमिफाइनल खेल पेनाल्टी सुटआउटबाट निर्धारण भएको थियो। जसमा कोपा अमेरिका विजेता चिलीका गोलरक्षक ब्राभोले पोर्चुगलका रिकार्डो क्युरेस्मा, जाओ माउटिन्हो र नानीको लगातार तीनवटा पेनाल्टी रोक्दै आफ्नो टोलीलाई फाइनल प्रवेश गराउन सफल भए।

चिलीका लागि आर्टुरो भिडाल, चार्लस अरानगुइज र एलेक्सिस साञ्चेज तीन जनाले नै गोल गरेका थिए। चिली फुटबलको ‘गोल्डेन जेनेरेशन’ मानिने यो टोलीले आइतबार हुने फाइनल खेल भोली जर्मनी र मेक्सिकोबीचको विजेतासँग खेल्ने छ।

प्रतिकृया दिनुहोस्

​जिरोनाविरुद्ध बार्सिलोनाकाे गोलको वर्षा, स्वरेजको हाट्रिक

काठमाडौं  – बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा जिरोनाले दोस्रो मिनेटमा नै लिएको अग्रताविरुद्ध घरेलु टिमले ६ गोल गरेको थियो । स्वारेजको ह्याट्रिकसँगै लियोनेल मेस्सीले २ गोल गरेका थिए भने फिलिपे काउटिन्होले पनि एक गोलको योगदान दिए । तेस्रो मिनेटमा पोर्तुले गोल गर्दै...

आइसीसी वल्ड क्रिकेट डिभिजन टू : नेपाल आज ओमानसँग खेल्दै

  काठमाडौं – आइसीसी वल्ड क्रिकेट डिभिजन टूको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने खेल नामिबियामा हुनेछ । आफ्नो पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै...

आइपीएलको ११औँ संस्करणमा आज नेपालका सन्दिप लामीछानेको परीक्षा

काठमाडौं – बहुप्रतिक्षित इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणको प्रतियोगिताको लागि आज पनि खेलाडी लिलामी जारी रहने छ । आइपिएल अक्सनमा छनोट भएका नेपालका स्पिनर सन्दिप लामिछानेको पनि नाम छ । आज दोश्रो दिनको खेलाडी लिलामीमा सन्दिप खेल्न पाउने या नपाउने...

बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम ,पेनाल्टीमा चुके मेस्सी

काठमाडौं – यस सिजनका सबै प्रतियोगिताहरुमा अपराजित यात्रा जारी राखेको बार्सिलोनाको लागि स्पाइनियल बाधक बनेको छ । गएराति भएको कोपा डे रे को क्वाटर फाइनलको पहिलो लेगमा स्पाइसनयलसंग १ . ० स्तब्ध हुँदै बार्सिलोनाको अपराजित यात्रामाथि पुर्णविराम लागेको हो । अत्यन्तै प्रतिस्पपर्धात्मक...