Motivate News

मोडल तुलसा कटुवालको विहेको तस्विर एकाएक सामाजिक सञ्जालमा सार्वजनिक भएपछि

काठमाडौं – एकाएक सामाजिक सञ्जाल तथा मिडियामा मोडल तुलसा कटुवालको विहेको तस्विर आएपछि उनका फ्यानहरु अचम्ममा परेका छन् । तर वास्तवमै यो उनको कुनै म्यूजिक भिडियोको तस्विर नभई उनको वास्तविक जीन्दगीको विहेको तस्विर हो हिजो एकाएक उनको फेसबुक मार्फत बिहेको तस्विर सार्वजनिक भएपछि मात्र बिहेको बारेमा सबैमा जानकारी भएको हो । उनले धादिङ जिल्लाको निलकन्ठ नगरपालिका स्थायी घर भएका श्याम बहादुर शाक्य र सुकमाया शाक्यका ज्येष्ठ सन्तान सन्तमान शाक्य संग बिवाह गरेकी छिन् ।

उनका श्रीमान भने मोडलिङ तथा कला क्षेत्रका होइनन् । उनका श्रीमान नेपाल सरकारको संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तर्गत रहेको ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापन आयोजना , केन्द्रिय आयोजना कार्यान्वयन इकाईबाट सरकारी सेवामा रहि देश र जनताको सेवामा समर्पित रहि सेवा गरिरहेका छन्।हाल उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केंद्रीय आयोजना कार्यान्वयन इकाई भूकम्पिय आवास पुनर्निर्माण आयोजनामा एमआईएस अपरेटरको भूमिकामा रही कार्यरत छन् ।

म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल तुलसा कटुवाल पछिल्लो समय मोडलिङको क्षेत्रमा चर्चित बन्दै गइरहेकी छिन् । संखुवासभाको चैनपुरमा जन्मेर काठमाडौमा संघर्षरत तुलसाले अहिलेसम्म करिव तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा र दमन रुपाखेतिको हास्य टेलिसिरियल हाक्का हाक्की पक्का पक्किमा समेत आफ्नो अभिनयकला देखाइसकेकी छिन् । विशेष गरी कला क्षेत्रमा विभिन्न विधाहरुमा आफूलाई ढाल्नु पर्छ भन्ने मान्यता राख्ने कटुवालले मान्यता जस्तै बिभिन्न खाले लोक,आधुनिक पप गीतका म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । बुबा इन्द्रबहादुर कटुवाल र आमा नरमाया कटुवालको कोखबाट कान्छी सन्तानको रुपमा जन्मिएकी मोडल तथा कलाकार तुलसा कटुवाल हालसालै वैवाहिक जिवनमा बाँधिएको खवर उनकै फेसबुक पेजबाट प्राप्त भएको हो।उक्त जानकारी तथा हाम्रो खुलदुलिलाई मेटाउन हामिले उनीसँग प्रत्यक्ष कुराकानी गरेका थियौ । पारिवारिक जिम्मेवारीले कतै कला क्षेत्रबाट ओझेल हुने त होइन नि भन्ने हाम्रो प्रश्नको जवाफ दिदै तुलसाले भनिन, घरपरिवार,काम र मोडलिङलाई संगसंगै लैजान्छु । उनी ब्युटिसियन प्रशिक्षकको रुपमा कार्यरत छिन् ।

प्रतिकृया दिनुहोस्

चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सनी सुनुवारको हेर्नुस नयाँ म्युजिक भिडियो

काठमाडौँ –  चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सनी सुनुवारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । निकै आशा लाग्दा कलाकारका रुपमा चिनिएका शनिको यो म्युजिक भिडियो भने नयाँ होइन । यस अघि पनि दुइ दर्जन जति गीतको म्यु्जिक भिडियोमा...

 गीतकार विजया गुरुङ्गको पहिलो एल्वम ‘मोसन अफ लभ’ बजारमा

 काठमाडौँ – गीतकार विजया गुरुङ्गको पहिलो एल्वम ‘मोसन अफ लभ’ बजारमा आएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईले संगीत भरेका छन् । मोसन अफ लभमा पाचवटा गीत रहेका छन् जसमा...

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

अम्बिकाको गीत ‘आँखा लाउन्छन्’को सुटिङमै सुप्रियाले निपुनलाई गालामा हानेपछि …(हेर्नुस भिडियो)

काठमाडौँ – गीतकार अम्बिका गुरुङको शब्दमा रहेको ‘आँखा लाउन्छन्’ बोलको आधुनिक गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारेर शनिवार सार्वजनिक गरिएको छ ।  गायक वीरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा सजिएको गीतमा शंकर थापाको रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका हुन।...