Motivate News

यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?

 
असार २१, काठमाडौं – बीबीसीको साझा सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति र प्रस्तुतीलाइ लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छन् ।

कार्यक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदायी जवाफपछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा अन्तर्वार्ता दिनका लागि सल्लाह दिने को होलान् भन्ने जिज्ञासा पैदा भएको छ ।

प्रधानमन्त्रीले आफ्नो प्रेस सल्लाहकार वा संयोजक नराखिसकेको अवस्थामा ‘साझा सवाल’ ले कोसँग संयोजन गरेर उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई राख्न सफल भयो आमचासोको विषय बनेको छ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्रीको अन्तर्वार्ताको लागि साझा सवालले उहाँकी पत्नी सांसद आरजु राणा देउवामार्फत प्रस्ताव गरेको थियो ।

आरजुले उहाँ मिडियामा त्यति आउन चाहने मान्छे त होइन, तर म कन्भिस गर्छु भनेर बीबीसी साझा सवाललाई वचन दिनुभएको र सोहीअनुरुप समय तोकिएको बुझिएको छ । आजको घटना र विचार साप्ताहकिमा खबर छ –

प्रतिकृया दिनुहोस्

बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष पुगेको दिन बुधबार धरहराको फदनजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा ।’ २०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा...

नेपाललाई छोडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा...

ओलीले देशलाई अधिनायकवादतर्फ लगे, अब कांग्रेसले प्रतिकार गर्छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मुलुक अधिनायकवादतर्फ उन्मुख गराउने वर्तमान सरकारको रणनीतिमा कांग्रेस मौन रहन नसक्ने बताएका छन् । ‘वर्तमान सरकारले देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा कांग्रेस चुप लागेर बस्दैन, प्रतिकार गरेरै छोड्छ’, उनले भने, ‘सरकार मुलुकलाई अधिनायकवादतर्फ...

नेपालीको प्रतिव्यक्ति कूल आय एक लाख नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को ६ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांक अनुसार विप्रेषण सात खर्ब...