Motivate News

मनमोहन अस्पतालले विज्ञप्ति निकाल्दै भन्यो : विरामीको ज्यान जोगाउन सहमतीमै मृगौला झिकिएको हो !

असार २२ ,काठमाडौं – मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको ज्यान जोगाउन मिर्गौला झिकिएको अस्पताल प्रशासनले जानकारी गराएको छ ।

अस्पतालका प्रशासक रामप्रसाद गजुरेलद्धारा जारि गरिएको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको हो । हिजोका दैनिक पत्रपत्रिका,अनलाईन र सामाजिक सञ्जालमा मनमोहन अस्पतालबारे गलत भ्रम फैलाइएको भन्दै उक्त विज्ञप्ति प्रकाशित गरिएको हो ।

पत्थरीको अप्रेसन गर्न आएका बिरामी रिमालको उपचारका क्रममा अत्याधिक रत्तश्राव भएका कारण मिर्गौला निकालीको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौलाको २ सेमीको पत्थरीको शल्यक्रिया गरेर निकाल्ने क्रममा रक्तश्राव बढेको अस्पतालले जानकारी गराएको छ । उनको शल्यक्रिया गर्नुपूर्व सिटिस्यान र आईभीयू समेत गरिएको थियो ।

शल्यक्रिया गर्नुपूर्व विरामीका आफ्न्तलाई शल्यक्रिया जटिल रहेको जानकारी गराउँदा उनीहरु शल्यक्रिया गराउन तयार रहेको र उनीहरुको सल्लाहमै शल्यक्रिया गरेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शल्यक्रियाका क्रममा बिरामीको रत्तश्राव नरोकिएपछि रिमालका आफन्तलाई वरिष्ठ न्यूरो सर्जन प्रा. डा. गुणकुमार श्रेष्ठले जानकारी समेत गराएका थिए ।

जानकारी पछि परिवारको सल्लाहमै बिरामीको जिवन रक्षाका लागि मृर्गौला झिकिएको र उक्त मृगौला अस्पतालमा रहेको जानकारी गराइएको छ । मृगौला झिकिएपछि बिरामीका आफ्न्तले अस्पताल प्रशासनसँग राखेका माग पुरा गर्न सहमति भएको र केही सञ्चार माध्यममा आएको समाचार जस्तो कुनै अप्रिय घटना नभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्

स्वास्थ्य चौकी हस्तान्तरण

असार ९, दाङ – दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । रु एक करोड ७२ लाख ३० हजारको लागतमा सो भवन निर्माण भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इञ्जिनियर राजेन्द्र पाण्डेयले जानकारी दिए । बालमैत्री...

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत परीक्षा फाराम भराउने

असार ३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै...

गरीब , जेहेन्दार तथा दलित बालबालिकालाई छात्रवृत्ति

असार ३, पाल्पा – सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार ९१ बालिका र २० दलित विद्यार्थी गरी जम्मा १११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर...

पहिरो खस्दा विद्यालयमा भौतिक क्षति

असार ३, बागलुङ – गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को “ट्रष्ट” भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि...