Motivate News

सेना र राजा कहिल्यै रिटायर्ड हुँदैनन्, जनताले चाहे राजा जतिबेला पनि फर्किन तयार : पुर्व सेनापति थापा

असार २३ , काठमाडौं – शाही नेपाली सेनाका तत्कालीन प्रधान सेनापति प्यारजंग थापाले राजा र सेना कहिल्यै रिटायर्ड हुन नसक्ने बताएका छन् । पुर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुद्धारा शाहको ७१औं जन्मोत्सवको अवसरमा आयोजित ‘नेपालको राष्ट्रिय एकता र विकासमा राजसंस्थाको भुमिका’ बिषयक बिचार गोष्ठीमा बोल्दै उनले राजतन्त्रको पुनर्बहाली जरुरी र सम्भव दुबै रहेको कुरा उल्लेख गरेका हुन् । राजा, जनता र सेनाको एकताबाट नेपाल एकीकरण सम्भव भएको भन्दै उनले आज पनि राजा, सेना र जनताको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । थापाले पृथ्वीनारायण शाहको दिब्य उपदेश अनुसार शासन सञ्चालन गर्ने हो भने आज पनि देशमा राजनीतिक, आर्थिक एवं अन्तरास्ट्रिय सन्तुलन कायम गर्न सकिने धारणा राखे ।

राष्ट्रिय एकताको लागि पुर्व राजाहरुले पुर्याएको योगदानलाई भुल्न नसकिने भन्दै राजाहरुले जहिले पनि जनताको चाहना अनुसार आफ्नो निर्णय गर्ने गरेको बताए । २०६२/०६३ सालको जनआन्दोलनमा जनता सडकमा उत्रिएपछि सिरियाको जस्तो अवस्था नआओस् भनेर शान्तिपुर्ण रुपमा सत्ता हस्तान्तरण गरिएको स्मरण गर्दै उनले जनताले चाहेमा राजा आज पनि जुनसुकै बेला फर्किन सक्ने बताए । वरिष्ठ पत्रकार एवं राजनीतिक बिश्लेषक प्रेम कैदीले राजतन्त्र सिध्याउने खेलमा शताब्दी पहिलेदेखि पश्चिमाहरु योजनाबद्ध रुपमा लागिपरेको बताए । हराउन लागेको राष्ट्र जोगाउनका सम्पुर्ण राष्ट्रवादीहरु एकढिक्का हुनुपर्ने औल्याउँदै उनले आफू कम्युनिस्ट र गणतन्त्रवादी भएपनि राष्ट्रका लागि राजालाई बोक्नु परेको बताए ।

क्रान्तिकारी बिचारक तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले समेत नेपालमा राजसंस्था अत्यावश्यक रहेको कुरा नेकपाका संस्थापक नेता निरञ्जन गोविन्द वैद्यसंग बताएको कुरा स्मरण गर्दै कैदीले कम्युनिस्टहरु कहिल्यै पनि राजा बिरोधि नभएको र हुन नसक्ने जिकिर गरे । सिद्धान्त भन्दा राष्ट्र ठूलो भएको भन्दै तत्काल राजतन्त्र पुनर्बहाली गर्नुपर्नेमा उनले जोडदार माग गरे । बिश्व सभ्यताको उत्पत्तिस्थान कर्णाली नदि भएको र बिश्वकै उत्कृष्ट नेपाली संकृति तोडमोड गर्नका लागि पश्चिमाहरुले नेपाली बौद्धिक जगतलाई पैसाको प्रलोभनमा पारेको आरोप लगाए ।

प्राध्यापक डाक्टर रामकुमार पाण्डेले राष्ट्रब्यापी रुपमा राष्ट्रवादी भावना बढेकोमा खुसी ब्यक्त गर्दै कुनै हालतमा पनि नेपालको अस्तित्व कसैले मेटाउन नसक्ने ठहर गरे । उनले नेपाल र नेपाली संकृतिमाथिको आक्रमण जति बुझ्दै गयो त्यति गहिरो र रहस्यमय भएको बताए । नेपालमा अहिलेसम्मका कुनै पनि क्रान्ति देशको पक्षमा नभएर ‘भ्रान्ति’ भएको उल्लेख गर्दै पाण्डेले राष्ट्रका लागि वास्तविक क्रान्तिको खाँचो औंल्याए । ५० हजार जनता तयार भए एक हप्तामा नेपालको राजनीतिक व्यवस्था उलटपुलट गर्न सकिने उनको तर्क थियो ।

नेपालमा बौद्धिक शिखर सम्मेलनको आवश्यकता रहेको बताउदै राजतन्त्र पुनर्बहालीको अपरिहार्यता अब कसैले रोक्न नसक्ने उनको धारणा थियो । कार्यक्रममा बोल्दै अर्थविद एवं लेखक पुष्कर अधिकारीले हिन्दु र चिनियाँ सभ्यतामाथी आक्रमण गर्नका लागि पश्चिमा शक्तिकेन्द्रहरु लागि परेको आरोप लगाउदै राजा र राजतन्त्र बिना नेपाली राष्ट्रियताको जगेर्ना गर्न नसकिने धारणा व्यक्त गरे । काठमाडौको नक्सालमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता देबेन्द्र नेपाली, वरिष्ठ अधिबक्ता कृष्णप्रसाद भन्डारी, प्राडा. जयन पाण्डेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत राप्रपा, राष्ट्रवादी जनजागरण अभियानका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण

काठमाडौं – भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष पुगेको दिन बुधबार धरहराको फदनजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा ।’ २०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा...

नेपाललाई छोडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा...

ओलीले देशलाई अधिनायकवादतर्फ लगे, अब कांग्रेसले प्रतिकार गर्छ : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मुलुक अधिनायकवादतर्फ उन्मुख गराउने वर्तमान सरकारको रणनीतिमा कांग्रेस मौन रहन नसक्ने बताएका छन् । ‘वर्तमान सरकारले देशलाई अधिनायकवादतर्फ उन्मुख गराएमा कांग्रेस चुप लागेर बस्दैन, प्रतिकार गरेरै छोड्छ’, उनले भने, ‘सरकार मुलुकलाई अधिनायकवादतर्फ...

नेपालीको प्रतिव्यक्ति कूल आय एक लाख नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को ६ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांक अनुसार विप्रेषण सात खर्ब...