Motivate News

चलचित्र ‘फिक्का’ मंसिर १ गतेवाट प्रदर्शन हुने

 

काठमाडौं – रंग हराएको जीवनलाई लिएर पर्दामा उतारीएको चलचित्र फिक्का हरितालिका तिजको अवसरमा यहि भदौबाट नेपाल बाहेक विश्वभर प्रर्दशन हुने भएको छ । नेपालमा भने मंसिर १ गतेवाट प्रदर्शन हुनेछ । रिता खाति सुनारको कथा , पटकथा संवादमा बनेको चलचित्र फिक्कालाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन । एनआरएन अजय सुनुवार, संचारकर्मी समेत रहेका नेशनल मार्सल आर्ट प्लेयर एंव कलाकार दुर्गाराज पाण्डे, मोडल शर्मीला नेपालले यसै चलचित्रबाट नेपाली फिल्ममा डेव्यु गरेकी छिन् भने चलचित्रमा संञ्चारकर्मी राधिका घिमीरे, ईश्वरी बराल, म्याक्टेन कालू, पैसा घिमीरे लगायतको पनि अभिनय रहेको छ ।

देउराली ईन्टरनेशनल र ट्रिक मिडियाको संयुक्त व्यानरमा बनेको चलचित्रको ९० प्रतिशत काम पुरा भएको निर्देशक खड्काले बताए । निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक समेत रहेकी निर्माता सुचित्रा श्रेष्ठले चलचित्रले कमर्सीयल विषय भन्दा पनि चलचित्रले नेपाली समाजको वास्तविक स्थीति झल्काएकोले चलचित्र राम्रो बनेको बताईन । चलचित्रको गितमा चेतन सापकोटा, म्याकटेन कालु, रिता खाति शव्द रहेको छ भने शिर्ष गीतमा चेतन सापकोटाको शब्द, संगित र तुलसी शिवाकोटीको स्वर रहने बताईएको छ  ।

चलचित्र राम्रो बनेको धारणा व्यत्त गर्दै ट्रिक मिडियाका अध्यक्ष नहकुल खड्काले विदेशमा रहेका नेपालीहरुको भने झनै मन छुने कुरामा विश्वस्त रहेको बताए । चलचित्रमा सन्तोश सुनारको छायांकन, सुवोध श्रेष्ठको संपादन , अमित श्रेष्ठको पाश्र्व संगित रहेको छ भने चलचित्रको क्रियटीभ निर्देशन विश्वकै सानो किताव आधा ईन्चका लेखक एन वि अन्जानले गरेका छन् । चलचित्र भदौको पहिलो सातादेखी विदेशमा प्रदर्शन हुने चलचित्रको मंसीर १ बाट नेपालभर वितरण सुुनिल मानन्धरले गर्न लागेको निर्माता श्रेष्ठले वताईन ।

प्रतिकृया दिनुहोस्

कमल खत्रीको गीत “म गीत हुँ तिम्रो” को कभर गीत प्रतियोगीता हुने

काठमाडौँ – गायक कमल खत्री र सिम्पल खरेलको आवाजमा समावेश गीत “म गीत हुँ तिम्रो” को कभर गीत प्रतियोगीता हुने भएको छ । कमल खत्री र टिमले गर्न लागेको उक्त प्रतियोगीतामा इच्छुक व्यक्तिले आफ्नो गायकीलाई “म गीत हुँ तिम्रो” को कभर गीतबाट प्रष्फुटन गर्न...

कमल खत्रिको ‘सपना मिठो’ बोलको गीत बजारमा, मोडलीङमा संचारकर्मी अनिलको डेव्यू (भिडियो सहित)

काठमाडौं – कमल खत्रिको आवाजमा नयाँ गीत सपना मिठो बजारमा आएको छ । उक्त गीत मार्फत मोडलीङमा संचारकर्मी अनिल सुनामले डेव्यू गरेका छन् । किशोरा अर्थालको गीत सपना मिठोबाट उनले मोडलिङ यात्रा सुरु गरेका हुन । विगत लामो समयदेखि संचार क्षेत्रमा रहेका...

खुमनले पार्वतीलाई “दुर्बिन लगाई” हेर भनेपछि … (भिडियो)

काठमाडौँ – गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको तीज कोशेली ‘दुर्विन लगाई’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिएसँगै एकपछि अर्को गीत बजारमा सार्वजनिक भइरहेका बेला गायिका पार्वती स्त्रीले यो...

सुनको बड्कौला दिने बाख्रा भेटेपछि …(हेर्नुस् भिडियो)

काठमाडौँ – हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले केहि समय अगाडि मात्रै “गुलेली” नामक कमेडी भिडियो सार्वजनिक गरेका छन् । तुलसी मिडिया प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गरेका हुन्...