Motivate News

७० प्रतिशत विशेषज्ञ डाक्टर फेल

असार २६ ,काठमाडौं – नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा करिव ७० प्रतिशत डाक्टरहरु फेल भएका छन् । यो खबर अतुल मिश्रले आजको कान्तिपुरमा लेखेका छन्।

चिकित्सा शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम एमबीबीएस पुरा गरेपछि एमडी/एमएस/एमडिएस विषयमा तीन वर्षे विशेषज्ञता शिक्षा हासिल गरेका २ सय ३७ चिकित्सकहरु मध्ये करिव ७० प्रतिशतले आफनो क्षमता सिद्घ गर्न सकेनन् ।

४ महिना अघि लिइएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा समेत करिब ३० प्रतिशत डाक्टरहरु फेल भएका थिए ।

‘यसपटक फेल भएकाहरु अधिकांश पहिला पनि अनूतिर्ण भएकाहरु हुन्,’ काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले भने ।

काउन्सिल श्रोतको अनुसार यसपटकको परिक्षामा चीनमा अध्ययन गरेका १३२ जना परिक्षामा सरिक भएकोमा १११ जना फेल भए । चीनबाट पढेका मध्ये २० जना मात्र पास गर्न सके भने एकजना परिक्षामा अनुपस्थित थिए ।

यस्तै बेलारुसबाट पढेर आएका दुईजान, किर्गिस्तानबाट पढेर आएका ६ जान र रुसबाट पढेर आएका १० जान फेल भए । नेपालबाट पढेका १८ जना मध्ये ८ जना फेल भए । फिलिपिन्सबाट पढेका ४० जना मध्ये २१ जना फेल भए । । बंगलादेशबाट पढेर आएका १३ जनामध्ये ४ जना फेल भए ।

भारतबाट पढेर आएका ५ जनामध्ये एकजना र पाकिस्तानबाट पढेर आएका ६ जनामध्ये एकजना फेल भए ।

यसपटक रेडियोलजीमा सहभागी ६१ जनामा ५ जनामात्रै पास भएका छन् । गत वर्ष समेत रेडियोलजी विषयको विशेषज्ञ परिक्षा दिने ७३ जनामा १३ जनामात्रै पास भएका थिए ।

फेल हुनेहरुमा धेरै जसो चीन, फिलिपिन्स, बेलारुस, लगायत बाहिरबाट पढेकाहरु थिए भने यसपटक समेत यस्तै स्थिति देखिएको छ ।

काउन्सिलले पहिले वर्षमा दुईपटक विशेष चिकित्सक दर्ता परिक्षा लिने गरे पनि यो वर्ष देखि तीनपटक लिन थालेको हो ।

एमडी/एमएस/एमडिएस विशेषज्ञता हासिल गरेर मुलुकमा आएको एक वर्षसम्म दर्ता परिक्षामा नबसे पनि विशेषज्ञको रुपमा काम गर्न पाइन्छ । विशेषज्ञता प्राप्त गरेको एक वर्ष भित्रमा दर्ता परिक्षामा पास नगरे विज्ञको रुपमा काम गर्न नपाइने प्रावधान छ ।

विशेष चिकित्सक दर्ता परिक्षा पास नभएर विशेषज्ञको रुपमा काम गर्नेहरु विरुद्घ उजुरी पर्दा कानुन अनुसार कारवाही हुने औल्याउँदै डा. शर्मा भन्छन, ‘हाल परिमार्जन गर्न लागिएको काउन्सिलको ऐन, आचार संहितामा यस्तो काम गर्दा दर्ता खारेज गर्नेसम्मको प्रावधान छ ।’

हाल मुलुकमा जम्मा करिव १९ हजार चिकित्सक काउन्सिलमा दर्ता रहेकोमा करिव ६ हजारभन्दा बढी विशेषज्ञ चिकित्सकका रुपमा दर्ता छन् ।

प्रतिकृया दिनुहोस्

औषधिको मूल्य ४० देखि २२ सय प्रतिशतसम्म घट्न सक्ने

कात्तिक २८, काठमाडौं – सरकारले उत्पादकसँग सीधै खरिद गरी सर्वसाधारणलाई बिक्री गरे औषधिको मूल्य अहिलेको भन्दा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने देखिएको छ । सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका फार्मेसीमार्फत उपलब्ध गराउनेबारे सिफारिस गर्न सरकारद्वारा करिब ६...

डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आए शिक्षा मन्त्रीलाई बर्खार्त गर्ने प्रधानमन्त्रीको चेतावनी

कात्तिक २४,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता गर्न...

राष्ट्रपतिलाई डा. केसीको एकहप्ते अल्टिमेटम,माग पुरा नभए पुनः आन्दोलन गर्ने चेतावनी

  कात्तिक २१ ,काठमाडौं – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एकहप्ते अल्टिमेटम दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राष्ट्रपतिलाई एक हप्ताको समय सीमा दिएका हुन् ।...

उपत्यकामा १० वर्ष मेडिकल कलेज खाेल्न नपाइने

  कार्तिक ६, काठमाडौं -सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको छ । डा. गोविन्द केसीको १३ आै अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो ।अाजकाे कान्तिपुरमा खबर छापिएकाे छ...