Motivate News

एलजी सिने सर्कल अवार्ड साउन २३ मा हुने

काठमाडौं – सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको एलजी सिने सर्कल अवार्ड यही साऊन २३ गते हुने भएको छ । यस अघी साउन २२ गते गर्ने भनीएको अवार्ड सोही दिन म्युजीक अवार्ड पनि परेकोले एक दिन सारिएको आयोजक कमीटी प्रमुख दिनेश डिसीले फेसबुक मार्फत जानकारी गराएका छन् ।

गत बर्ष सम्माननीय ऊपराष्ट्रपति ज्यूको साथमा बलिऊड अभिनेता एंव एम.एल.ए. सत्रुधन सिन्हा देखी ऊद्योगप़ती बिनोद चौधरी सम्मको ऊपस्थीतीमा ऊत्कृष्ट प्रस्तुतिकरणका साथमा भएको अवार्ड बर्षकै उत्कृष्ट अवार्ड बनेको थियो । सिनेकर्मीको आशा एंव विश्वासको अवार्ड भएकोले सिनेकर्मी र संगीतकर्मी बॉडिन नदिन आयोजक कमीटिले मिति सारेको डिसीले फेसबुक मार्फत बताएका छन् । यस बर्ष नेपाली चलचित्रमा निजि लगानी सुरु भएको एकाऊन्नौ बर्षको महोत्सवको रुपमा यो अवार्डलाई मनाऊने भनीएको भएता पनि कार्यक्रमको स्वरुप कस्तो हुन्छ भन्ने भने खुलाईएको छैन ।

यो वर्ष पनि केही नयॉ प्रारुप सहित हुन लागेको अ़वार्डलाई चर्चित चन्द्रागीरी हिल्सले प्रस्तुत गरेको छ भने संधै झैं एल जी ले टाईटल प्रयोजन गरेको छ। कार्यक्रमलाई आईएमई ग्रुपले मुख्य सपोर्ट गरेको बताईएको छ ्र भाटभटेनी सुपर मार्केट, नेपाल टेलीकम र डिसहोमको प्रायोजन रहेको कार्यक्रम राजधानी स्थित आर्मी अफिसर्स क्ल्वमा हुने निर्देशक एंव अवार्ड प्रवन्धक दिनेश डिसीले वताए । कार्यक्रममा प्रस्तुति दिने कलाकारको नाम प्रत्येक दिन एक जना को नाम प्रकाशन गर्ने क्रममा कलाकार निर्देशक तुलसी घिमिरे , गायक राजेशपायल राई र कलाकार झरना थापाको नाम सार्वजनिक भईसकेको छ। कार्यक्रममा ४ पुस्ताका नेपाली कलाकार हरूको प्रस्तुति रहने बताईएको छ।

प्रतिकृया दिनुहोस्

नेपाल म्यूजिक अवार्डको नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने

काठमाडौं— ‘नेपाल म्यूजिक अवार्ड २०७५’ को नोमिनेशन फागुन १५ गते सार्वजनिक हुने भएको छ । चाहाना मिडियाको आयोजनामा आगामी बैशाख १५ गते हुन लागेको अवार्डको आवेदन फारम भर्ने समय सकिएसँगै आयोजकले नोमिनेशन सार्वजनिक गर्ने मिति तोकेको हो । सन् २०१७ भित्र उत्पादन भएका...

तुला पर्वतको निर्देशनमा रहेको गीत ‘जुन लुक्यो आकाशमा’को भिडियो सार्वजनिक

काठमाडौं – गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो । गीतले आमा गुमाएकी छोरीको...

गायक तेजश रेग्मीको कमेडी गीत “नेपालीलाई ग्यास्ट्रिक” सार्वजनिक…

काठमाडौँ – पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीत स्रोत दर्शकको लागि प्रस्तुत गर्नेक्रममा तेजश रेग्मी र सिता के।सीको आवाजमा नयाँ गीत नेपालीलाई ग्याष्टिक भर्खर मात्र सार्वजनिक भएको छ । शब्द – मुकुन्द पौडेल गीतका सर्जक मुकुन्द पौडेल हाल कोरियामा रहेका छन...

गायक बिकाश बैद्यको “कस्तो सम्बन्ध” सार्बजनिक

काठमाडौँ – गायक बिकाश बैद्यको आवाजमा रहेको “कस्तो सम्बन्ध” बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । प्रेम दिवसको अबसरमा उक्त भिडियो सार्बजनिक गरिएको हो । प्रणय दिवस वा प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको...