Motivate News

नेपालद्वारा बंगलादेश १-० ले पराजित

असार २७, काठमाडौं – २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई हराएको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपालले बंगलादेशी टोलीलाई एक-शून्यले हरायो ।
नेपालको लागि विजयी गोल २० औं मिनेटमा कप्तान विमल घर्तीमगरले गरेका थिए । अन्जन विष्टको पासलाई घर्तीमगरले कुनै गल्ती नगरी जाली चुमाए ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलको रूपमा बङ्गलादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

समूह ‘डी’मा रहेको नेपालले शनिबार आयोजक युएईसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

आरएमई क्लवको पोल्टामा जेटीकप क्रिकेट प्रतियोगिता

मंसिर २, कैलाली – कैलालीको बर्दगोरीया गाउपालिकामा सम्पन्न जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा २०७४ को उपाधी आरएमई टीकापुरले उचालेको छ । आज भएको फाईनल खेलमा आर्दश नमुना लम्कीलाई ९ विकेटले पराजित गर्दै आरएमई टिकापुर उपाधि चुम्न सफल भएको हो । यो उपाधी उचाले सगै आरएमई...

यी हुन् विश्वकपका लागि छनोट भएका ३० राष्ट्र

  कात्तिक २९,काठमाडौं – – अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म आयोजक रसियासहित ३० राष्ट्र छनोट भइसकेका छन्। आयोजकको हैसियतमा रुस सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी २९ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन्। अहलेसम्म पाँच...

अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित 

कात्तिक २९,काठमाडौं – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिना पराजित भएको छ । मंगलबार राति रुसमा भएको खेलमा अर्जेन्टिना नाइजेरियासँग ४–२ ले पराजित भएको हो । पहिलो हाफमा एभर बानेगा र सर्जियो अग्युरोको गोलबाट २–१...

चारपटकको विश्व विजेता इटाली विश्वकप फुटबलमा छनौट हुन असफल 

कात्तिक २८, काठमाडौं – चारपटकको विश्व विजेता इटाली आउँदो वर्षको विश्वकप फुटबलमा छनौट हुन असफल भएको छ । सोमबार राति भएको विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप खेल्ने संभावना सकिएको हो । स्वीडेनसँगको...