Motivate News

भोलीदेखि चक्रपथ क्षेत्रमा ट्रक, ट्रिपर र मिनि ट्रक सञ्चालनमा रोक

असार २७, काठमाडौं – सरकारले भोलीदेखि काठमाडौँको चक्रपथ क्षेत्रमा बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, ट्रिपर र मिनि ट्रक सञ्चालनमा रोक लगाउने भएको छ । सरकारले बिहान– ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सो समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र ट्रिपरमा रोक लगाइएको छ । मुग्लिङ–नारायणगढ सडक रातिको समयमा बन्द भएपछि चक्रपथ क्षेत्रमा सवारी चाप बढेकाले चापलाई कम गर्न कार्यालय सञ्चालनको समयमा ट्रक, ट्रिपर र मिनि ट्रक सञ्चालनमा रोक लगाउने निर्णय गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

च्याम्पियन्स लिग – रियल म्याड्रिडद्वारा  बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को जित 

काठमाडौं – च्याम्पियन्स लिगमा दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को जित हात पारेको छ। रियलको जितमा मार्सेलो र असेन्सियोले गोल गरे। घरेलु टोली बायर्नलाई जोसुवा किमिचले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रियलका किपर केलर...

चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले ०७४ भदौ १४ मा टोखा नगरपालिका–११ सामाखुशीमा फेला परेको सुन कारोबारीमा संलग्न चिनियाँ नागरिक ४० वर्षीय जेड हङलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ...

सरकारी निकायले १३ अर्ब नतिर्दा यसरी थला पर्दैछ गुठी संस्थान

काठमाडौं – धर्म, संस्कृति र सम्पदा संरक्षणको जिम्मेवारी लिएर बसेको गुठी संस्थानलाई सरकारले वर्षौं देखि झन्डै १३ अर्ब रुपैयाँ तिरेको छैन । सरकारले संस्थानलाई हाल सम्मको १२ अर्ब ६२ करोड, ५ लाख, ७९ हजार ५ सय ६४ रुपैयाँ तिर्न (बुझाउन) बाँकी छ...

नेपालीको प्रतिव्यक्ति कूल आय एक लाख नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन एक लाख तीन हजार ३३५ अर्थात एक हजार चार युएस अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को ६ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित सूचकांक अनुसार विप्रेषण सात खर्ब...