Motivate News

मुख्यसचिवबाट राजीनामा नदिई एडीबीको जागिर खान टाप कसे सुवेदी

 
असार २८ ,काठमाडौं -नेपालमा निकै अनौठा खालका राजनीतिक घटना हुने गरेका छन् । यही सिलसिलालाई निरन्तरता दिँदै नेपाल सरकारका बहालवाला मुख्यसचिव सोमलाल सुवेदी पदबाट राजीनामै नदिई एसियाली विकास बैंक (एडीबी)को जागिर खान विदेशिने भएका छन् ।
एडीबीको जागिरका लागि फिलिपिन्सको मनिला जान लागेका मुख्यसचिव सुवेदी राजीनामा नदिई मंगलबार सिंहदरबारबाट विदा भएका छन् । सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ ।

गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लागेका हुन् ।

सुवेदी साउन १ गतेदेखि एडीबी कार्यालयमा हाजिर हुने तयारीमा छन् । सोही तयारी अनुसार उनी मंगलबार बिदा भएको स्रोतले बतायो ।

निजामती सेवाअनुसार सरकारले अधिकतम तीन वर्षसम्म काज दिन सक्छ । एडीबीको जागिर अनुकुल नभए पुनः पदमा फर्किने दाउअनुसार उनले काज मिलाएको स्रोतले बतायो ।

तर, नेपाल सरकारको मुख्यसचिव पद एउटा जागिरमात्र नभएर सरकारको प्रतिष्ठासँग पनि जोडिएको विषय हो । सो पदबाट राजीनामा नदिई सरकारको मुख्यसचिवले विदेशमा जागिर खान गएको सम्भवतः यो नेपालको इतिहासमै पहिलो घटना हो ।

सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ ।

तामाङ पनि विदा भए, अब को बन्ला मुख्य सचिव ?

सुवेदीसँगै वरिष्ठता क्रमको पहिलो नम्बरमा रहेका सचिव धनबहादुर तामाङ पनि मंगलबारदेखि घर फर्किएका छन् । उनको कार्यकाल बुधबारसम्म थियो । उनी मंगलबारबाट विदा बसेका हुन् ।

वरिष्ठताका आधारमा तामाङ मुख्य सचिवका प्रमुख दाबेदार थिए । डा. सुवेदीलाई विदा गरेलगत्तै तामाङलाई मुख्यसचिवको रुपमा सरकारले आजै नियुक्तिको निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेपछि उनले अवकास पाएका छन् ।

तामाङपछि वरिष्ठता क्रमको दोस्रो नम्बरमा सचिवद्वय शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठ तथा तेस्रो नम्बरमा राजेन्द्रकिशोर क्षेत्री छन् । यी तीनमध्ये एकजना निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा आसीन हुनेछन् ।

प्रतिकृया दिनुहोस्

चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने रामेछाप कांग्रेसका उम्मेदवार कान्छारामको घोषणा

मंसिर ७,रामेछाप – रामेछापका  प्रतिनिधि सभाका उम्मेदवार  पुर्ण बहादुर तामाङ (कान्छाराम)ले अाफुले चुनाव जिते सरकारले दिने तलव भत्ता विकासकाे काममा लगानी गर्ने बताएका छन्  । जिल्लाका विभिन्न ठाउमा भएकाे चुनावी  सभालाई सम्बाेधन गर्दा उनले सरकारले जति तलव भत्ता दिन्छ तेती अाफ्नाे कमाई...

कांग्रेसले गठबन्धन अझै कस्ने

मंसिर ७, काठमाडौं- वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्।अाजकाे अन्नपुर्णमा खबर छापिएकाे...

आज राति १२ बजेबाट मौन अवधि सुरु हुने

  मंसिर ७, काठमाडौं – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि चुनावको मौन अवधि सुरु हुँदैछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट...

सुरक्षामा खेलाँची

मंसिर ७, काठमाडौं – पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चर क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी(सचिव)प्रशासक रहने कार्यालय दुई सातादेखि प्रमुखविहिन छ ।आजको नागरिकमा खबर छापिएको छ । सुर्खेतस्थित...