Motivate News

खुमनले पार्वतीलाई “दुर्बिन लगाई” हेर भनेपछि … (भिडियो)

काठमाडौँ – गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको तीज कोशेली ‘दुर्विन लगाई’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिएसँगै एकपछि अर्को गीत बजारमा सार्वजनिक भइरहेका बेला गायिका पार्वती स्त्रीले यो गीत मार्फत राम्रो चर्चा पाइरहेको बताइन् ।

निकै कम गीत गर्ने तर मार्मिक र विशेष अर्थ बोकेका प्रोजेक्टमा मात्रै काम गर्ने बताउने सुन्दरी गायिका पार्वतीको गीतको भिडियोमा मोडल करिश्मा ढकाल र निर्देशक शंकर बीसीले मोडलिङ गरेका छन् । गीतमा दुइले प्रस्तुत गरेको प्रेमको भावलाई व्यक्त गरिएको छ । भिडियोको निर्देशन पनि शंकर बीसीले नै गरेका हुन् । गीतमा कृष्ण बाबुको शब्द, गायक अधिकारीको नै संगीत छ । नविन घर्तीमगरले सम्पादन गरेको भिडियोको कोरियोग्राफी शंकरले नै गरेका हुन् । राजेश घिमिरले भिडियोको छायांकन गरेका हुन् ।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्

अम्बिका गुरुङको एउटा परामर्श छ आजको युवालाई

  मेरो एउटा परामर्श छ आजको युवालाई धैर्य गरेर सुन ,सायद  मेरो एउटा सानो परामर्श तिम्रो पहाड जस्तो जिन्दगीमा कसरी  क्रय-विक्रय गर्ने त्यसमा अलिकति भए पनि मद्दत होला तिम्रो जिन्दगीमा तिमी धेरै योजना परियोजना सृजना गर्छौ तर पनि तिमीलाई ठुलो मान्छेको परामर्श...

अम्बिकाको गीतलाई भिडियोमा यसरी उतारिन अनिशाले (हेर्नुस भिडियो)

काठमाडौँ – विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि करिव १ सय  भन्दा बढि गीतहरु रेकर्ड भैसकेका  छन् । जसलाई नेपालका चर्चित...

मातृभूमिको सम्झनामा यसरी बगे गायक अनिश पाण्डे (हेर्नुस भिडियो)

काठमाडौँ – लामो समयदेखि बेलायतमा बस्दै आएका गायक अनिश पाण्डेले राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । यसअघि मनदेखि मन बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका छन् । जसको बोल...

‘मनसँग मन’ का गायक अनिश ‘प्रतीक्षा गर मेरी मायालु’को कभर गीत लिएर आए (भिडियो)

काठमाडौं – ‘मनसँग मन’ बोलको गीतबाट चर्चा कमाएका गायक अनिश पाण्डेले गायक दिपक खरेलको स्वरमा सजिएको गीत ‘प्रतीक्षा गर मेरी मायालु’मा स्वर भरेर परिमार्जित शैलीमा नयाँ ढंगले कभर गीत तयार गरेका छन् । प्रतीक्षा गर मेरी मायालु निकै नै मर्मस्पशी भएको, यसलाई...