Motivate News

रास्कोट नगरपालिका वर्डा नं. ८ को वार्ड भेला सम्पन्न, यस्ता छन् छनोट भएका योजना तथा कार्यक्रमहरु

कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिका अन्तरगतको वार्ड नं. ८ को वार्ड भेला सम्पन्न भएको छ । भेलाले विभिन्न कार्यक्रमहरु छनोट गरि पारितका लागि नगरसभामा पठाउने निर्णय गरेको छ ।

शनिबार बसेको वार्ड भेलाले आर्थिक बर्ष २०७४/२०७५ ला लागि उज्यालो फुकोट कार्यक्रम, विभिन्न बाटो तथा पुल निर्माण, लिफ्ट प्रबिधीको प्रयोग गरि बृहत् खाने पानी तथा सिचाइ कुलो निर्माण, आर.सि.पि बजारदेखि साविकको फुकोट गाविस भवन भवन हुँदै बाँस्तोला, थोल्म जोड्दै फुकु गुर्याउने र छिचिमिरी देखि फुकुसम्मको सडक निर्माण गर्ने योजना छनोट गरेको छ ।

वार्ड अध्यक्ष कृष्णराज धमालाको अध्यक्षतामा बसेको बैठकले दुर्तगतिको ल्याण्डलाईन फोन र ईन्टरनेटको व्यबस्थापन, विभिन्न सस्कृतिक सम्पदाको संरक्षण, मठ मन्दिर निर्माण तथा संरक्षण, घोडादाउनीमा भ्यु टावर निर्माण, आर्यघाट तथा प्रतीक्षालय निर्माण, भु संरक्षण विपद व्यवस्थापनका कार्यक्रम, गुणस्तरिय शिक्षाको लागि विद्यालय शिक्षाको प्रवाह, जसका लागि फिल्ड निर्माण, अङ्ग्रेजी माध्यम पठनपाठन तथा कम्प्युटर शिक्षाको व्यवस्था, गाँउघर क्लिनिक निर्माण, वातावरण ब्यबस्थापन, सम्पुर्ण सस्थाहरुले नागरिक वडापत्र सहितको बिधुतिय सेवा प्रवाह अनिवार्य लगायतका कार्यक्रम तथा थोजना छनोट गरेको छ ।

छनोट भएका योजना तथा कार्यक्रमहरुलाई नगरसभामा पेस गर्ने भेलाले निर्णय गरेको छ । पेस भएका कार्यक्रमहरु पारित गराउन सबै वार्ड पतिनिधिलाई जिम्मेवारी दिइएको वार्डध्यक्ष कृष्णराज धमालाले बताए ।

प्रतिकृया दिनुहोस्

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

असार ६, काठमाडौँ – एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई...

राजपाद्धारा सांसद चौधरीलाई रिहाइ गर्न माग

असार ६, काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ । सोमबार शुरु भई बुधबार सम्पन्न रापजा नेपालको राजनीतिक समितिको बैठकले सांसद चौधरीलगायत मधेश आन्दोलनका क्रममा विभिन्न जिल्लामा बन्दी बनाइएका नेता तथा...

विकट गाउँबाट विकास थाल्नुस् : सभामुख महरा

असार ६, दाङ – सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिएका छन् । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । विपन्न बस्तीका स–साना योजनालाई प्राथमिकता दिन सभामुख...

त्रिभुवन विश्वविद्यालयद्धारा मौसमी तथ्याँक लिने बेलुन उडाइयो

असार ६, काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त सहकार्यमा बुधबार मौसमी बेलुन उडाइएको छ । कीर्तिपुरबाट बिहान ०५ः३७ बजे पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान ०५ः३० बजे यस्ता बेलुन सोही...