Motivate News

कोरियामा कामदारको तलब १६.४ प्रतिशत बढ्यो, अब मासिक झन्डै डेढ लाख पुग्ने

 
साउन १ ,काठमाडौं – दक्षिण कोरियामा कामदारको तलब १६.४ प्रतिशतले वृद्धि भएको छ। हिजो शनिबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१८ का लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब उक्त प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो।

वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैयाँ पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५ लाख ७३ हजार ७ सय ७० अर्थात मासिक नेपाली १ लाख ४२ हजार ७ सय ४७ रुपैया हुने छ ।

हरेक वर्ष जस्तै तलब वृद्धि गर्ने समयसीमा भन्दा निक्कै ढिला गरि शनिबार राति मजदुर र कम्पनी व्यावस्थापन पक्षबीच तलब वृद्धि गर्ने सहमती भएको अधिकारीहरुले बताएका छन्। आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो।

गत वर्ष ७ प्रतिशतले वृद्धि भएको थियो। जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन्। सन् २०१८का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यावस्थापन र सरकारी प्रतिनिधिबीच बैठक बस्दै आएको थियो। तलब निर्धारण गर्ने विषयमा कम्पनी व्यावस्थापनले तलब वृद्धि गर्दा साना तथा मझौला कम्पनीहरु आर्थिक भारमा पर्ने र कम्पनी नै बन्द गर्नुपर्ने अवश्था आउन सक्ने भन्दै तलब बढाउने पक्षमा देखिएका थिएनन् भने मजदुर संगठनहरुले अहिले जिवन शैली र मंहगीको हिसाबले तलव प्रतिघण्टा १० हजार वोन बनाउनुपर्ने माग राखेका थिए।

कम्पनी व्यावस्थापन पक्ष तलव वृद्धि गरे पनि १५५ वोनले बढाउने प्रस्ताव राखेको थियो तर शनिबार राति १६.४ प्रतिशतले बढाउन राजी भयो। तथापी मजदुर संगठन भने १० हजार वोन हुनुपर्ने अडानमै रहेको छ। १० हजार वोनका लागि प्रवासी मजदुर संघ एमटियूले यहाँको ठूलो मजदुर संगठन केसिटियूसँग मिलेर आन्दोलनका कार्यक्रम गर्दै आएको छ।

शनिबार तलब वृद्धि गर्ने त्रिपक्षिय सहमती अनुसार सरकारले त्यसलाई अगष्ट पाँच तारिख कानूनी प्रारुप दिने छ भने बीस दिनको अवधिमा संसदमा छलफल हुने छ। वर्तमान राष्ट्रपति मून जे इनले आफ्नो पाँच वर्षे कार्यकाल अर्थात सन् २०२२ सम्म प्रतिघण्टा १० हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

यसैबीच तबल वृद्धि गर्ने निर्णयले यहाँ कार्यरत लाखौं कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन्।

प्रतिकृया दिनुहोस्

मन्त्रिपरिषद विस्तारको तयारी, आज बेलुकासम्म विस्तार हुने संकेत

  साउन ९, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी तिव्र पारेका छन् । काँग्रेस केन्द्रीय समितिको बैठक सकिना साथ प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँग पटक-पटक भेट...

डा. केसी ११ औं पटक अनसन बस्दै

  साउन ९, काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् । विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको...

पहिरोले भोटेकोसीमाथिको लार्चा पुल भाँचियो, तातोपानीसँगको सडक सम्बन्ध विच्छेद

साउन ९, काठमाडौं – आइतबार बेलुका आएको पहिरोले सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो । पुलको...

भोटेकोशीको बाढीले लार्चाको पुल बगायो स्थानीयवासी त्रसित

साउन ९, काठमाडौं । अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ । यसअघि भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल हिजोको भने पूर्णरुपमा क्षतिग्रस्त...