Motivate News

रामेछापमा बाढीले पुल र घर बगायो, २ को मृत्यु, ४ बेपत्ता

 

साउन १ ,रामेछाप- भीषण वर्षापछि आएको बाढीले रामेछापमा सवारी तर्ने पुल र दुई घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिका भएर बग्ने खिन्ती र छतिवन खोलामा आएको बाढीले घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने ३ जना हराइरहेका छन् ।

बाढीले घर बगाउँदा छतिवन खोला नजिकै घर भएका कुमार खत्रीकी ७५ वर्षीया आमा लालकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका छन् ।
प्रहरीका अनुसार, इन्द्रबहादुर खत्रीकाे रोपाइँमा काम गर्न मन्थली नगरपालिका, गेलुबाट आएका वासु भनिने जयप्रकाश कार्कीकाे शव तामाकाेसीकाे हलेदीमा फेला परेकाे छ । खत्रीकाे हराइरहेकी पत्नी भने भेटिएकी छैनन् ।

खिम्ती खोलाको बाढीले घर बगाउँदा अशोक तामाङ र उनकी छोरी बेपत्ता छन् ।

उद्धारका लागि प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेल नेतृत्वको टोली घटनास्थल पुगेको छ । अहिले प्रहरी, नेपाली सेना र स्थानीयले हराइरहेकाको खोजी र उद्धार गरिरहेका छन् ।

मध्यराति आएको बाढीले छतिवन खोलामाथि भर्खरै निर्माण गरिएको सवारी तर्ने पक्की पुल बगाएको छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।

उता, खानीखोलामा आएको बाढीले पुष्पलाल मार्गको डाइभर्सनमा क्षति पुगेको छ । खहरेको कटानका कारण खिम्ती बजारसमेत जोखिममा परेको छ ।

प्रतिकृया दिनुहोस्

मूर्तिकलाबाटै ७ नं प्रदेशलाई चिनाउने धोको छ : दीपक लामिछाने

असार ९, धनगढी – धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा मूर्ति बनाउन बेलाबखत माटो पिट्ने र मुछ्ने काम गर्दै गरेको भेटिन्छन् । कैलाली बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहनु भएका लामिछाने २०७२ सालको विनाशकारी भूकम्पपछि पहिलो पटक धरहराको आकर्षक...

पाँच महिला कामदार विमानस्थलबाट फिर्ता

असार ९, काठमाडौँ – वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । “विदेश...

भारतीय माछाको आयात घट्दै

असार ९, बनियानी – पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहका अनुसार चालू आर्थिक...

स्वास्थ्य चौकी हस्तान्तरण

असार ९, दाङ – दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । रु एक करोड ७२ लाख ३० हजारको लागतमा सो भवन निर्माण भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका इञ्जिनियर राजेन्द्र पाण्डेयले जानकारी दिए । बालमैत्री...