Motivate News

कमल खत्रीको गीत “म गीत हुँ तिम्रो” को कभर गीत प्रतियोगीता हुने

काठमाडौँ – गायक कमल खत्री र सिम्पल खरेलको आवाजमा समावेश गीत “म गीत हुँ तिम्रो” को कभर गीत प्रतियोगीता हुने भएको छ ।
कमल खत्री र टिमले गर्न लागेको उक्त प्रतियोगीतामा इच्छुक व्यक्तिले आफ्नो गायकीलाई “म गीत हुँ तिम्रो” को कभर गीतबाट प्रष्फुटन गर्न पाउने भएका छन् ।

श्रावन १ गतेदेखि ३२ गतेसम्म आफुले अडियो रेकर्ड गराएर कभर भिडियो सहित पठाउनु पर्नेछ । पठाईएको भिडियोलाई कमल खत्रीको अफिसियल युटुब च्यानलबाट अपलोड गरी प्रसारण गरिने छ र प्रतियोगीले आफुले बनाएको कभर भिडियो तथा अडियोलाई अन्य कुनै युटुब च्यानलमा अपलोड गर्न पाईने छैन आयोजक टिमले बताएको छ ।

प्रतियोगीबाट पहिलो हुने व्यक्तिलाई नगद पचास हजार सहित कमल खत्रीको शब्द, संगितमा गीत गाउने अवसर प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस्

चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सनी सुनुवारको हेर्नुस नयाँ म्युजिक भिडियो

काठमाडौँ –  चलचित्र ‘एक्स्ट्रा माया’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सनी सुनुवारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । निकै आशा लाग्दा कलाकारका रुपमा चिनिएका शनिको यो म्युजिक भिडियो भने नयाँ होइन । यस अघि पनि दुइ दर्जन जति गीतको म्यु्जिक भिडियोमा...

 गीतकार विजया गुरुङ्गको पहिलो एल्वम ‘मोसन अफ लभ’ बजारमा

 काठमाडौँ – गीतकार विजया गुरुङ्गको पहिलो एल्वम ‘मोसन अफ लभ’ बजारमा आएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईले संगीत भरेका छन् । मोसन अफ लभमा पाचवटा गीत रहेका छन् जसमा...

‘चङ्गा’ को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द...

अम्बिकाको गीत ‘आँखा लाउन्छन्’को सुटिङमै सुप्रियाले निपुनलाई गालामा हानेपछि …(हेर्नुस भिडियो)

काठमाडौँ – गीतकार अम्बिका गुरुङको शब्दमा रहेको ‘आँखा लाउन्छन्’ बोलको आधुनिक गीतको म्युजिक भिडियो नयाँ वर्षको अवसर पारेर शनिवार सार्वजनिक गरिएको छ ।  गायक वीरेन्द्र श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा सजिएको गीतमा शंकर थापाको रहेको छ भने एरेन्ज उदयराज पौडेलले गरेका हुन।...