Motivate News

भूकम्पपीडितले एक घण्टामै ट्याक्सी बेचे

 

साउन २,काठमाडौं – भूकम्पपीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन्। गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक घण्टामै बेचेर नाफा कमाएर गाउँ फर्किएका छन्। यातायात कार्यालय एकान्तकुनाबाट ट्याक्सी नम्बर पाएको एकैछिनमा टयाक्सी बेचेर नामसारी गर्न कार्यालयमै फर्किने गरेका छन्। यो खबर लक्ष्मण दर्नालले आजको गोरखापत्रमा लेखेका छन्।

यातायात व्यवस्था विभागले गत असार ७, ८ र ९ गते गोलाप्रथाद्वारा ट्याक्सी नम्बर पाउने एक हजार पाँच सय जनाको नामावली सार्वजनिक गरेको थियो। यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म ८० जनाले ट्याक्सी नम्बर पाइसकेका छन्। जसमध्ये ५० जनाले सोही दिन ट्याक्सी बेचिसकेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ।

भूकम्पपीडिहरूले बैंकबाट लगानी गराएर ट्याक्सी किन्नुभन्दा पनि पहिल्यै ट्याक्सी किन्ने मान्छे लिएर नम्बर लिन गएको कार्यालयले जनाएको छ। बैंकिङ ऋणको झन्झटिलो प्रक्रिया र अधिकांश भूकम्प पीडितहरू काठमाडौँ बाहिरका भएकाले पहिल्यै ट्याक्सी किन्ने मान्छे तयार गर्ने गरेका छन्। घरमा बूढाबूढी मात्र भएका वृद्धहरूलाई समेत ट्याक्सी नम्बर परेको छ। उनीहरूले बेच्नु स्वभाविकै हो तर सबैले बेच्न थालेको देख्दा यातायात व्यवस्था कार्यालय पनि अचम्ममा परेको छ।

यातायात व्यवस्था विभागका निर्देशक तथा साना ठूला सवारी प्रमुख वसन्त अधिकारीले ट्याक्सी नम्बर पाउना साथ बेच्ने गरेको बताए। उनले भने, ‘दर्ता गरिसकेपछि त्यो उनीहरूको सम्पत्ति हो, उनीहरूले जे गर्न पनि पाए, नबेचे हुने थियो भन्ने हाम्रो भनाइ हो, तर आफ्नो नाममा दर्ता गर्छन् उही दिन बेच्छन्।’ उनका अनुसार अधिकांशले नाफा कमाएर बेचिरहेका छन्। सोही व्यवसायमा संलग्न व्यवसायी तथा लगानीकर्ताहरूले ती ट्याक्सीहरू किनिरहेका छन्।

सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडित परिवारलाई ट्याक्सी नम्बर वितरण गरेको थियो। भूकम्प पीडितलाई स्वरोजगार बनाउनका लागि ट्याक्सी नम्बर वितरण गरिएको हो तर अधिकांशले ट्याक्सी बेचेपछि स्वरोजगार बनाउने सरकारको घोषणा असफल हुने देखिएको छ। जसलाई लक्षित गरेर सरकारले ट्याक्सी वितरण ग¥यो सोही लक्षित वर्ग लाभान्वित नहुने देखिन्छ।

गोलाप्रथामा ट्याक्सी नम्बर पाएका परिवारले ट्याक्सी खरिद गरिसकेपछि विभागले नम्बर प्रदान गर्छ। गोलाप्रथामा परेका १५ सय जनामध्ये पाँच सय जना यातायात कार्यालयको सम्पर्क आएका छन्। यातायात कार्यालयले उनीहरूलाई बा. २ ज लेखेको प्लेट उपलब्ध गराएको छ। आठ सय सीसीभन्दा बढी क्षमताका गाडीलाई कार्यालयले मान्यता दिएको छ।

तीन दिन लगाएर गरिएको गोलाप्रथामा १४ जिल्लालाई तीन भागमा बाँडिएको थियो। पहिलो दिन रामेछाप, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लालाई ४९१ वटा ट्याक्सी छुट्याएर गोलाप्रथा गरिएको थियो। जसमा रामेछापमा १६५, काभ्रेपलाञ्चोकमा २ सय १ र नुवाकोटमा १२५ ट्याक्सी नम्बर पारिएको थियो।

गोलाप्रथाको दोस्रो दिन दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लालाई बाडिएको थियो। यी तीन जिल्लालाई ५१३ वटा ट्याक्सी नम्बर छुट्याइएको थियो। जसमा, दोलखामा २१४ वटा ट्याक्सी नम्बर वितरण भएको छ। त्यस्तै, सिन्धुलीमा ८६ वटा र सिन्धुपाल्चोकमा २५३ वटा ट्याक्सी नम्बर गोलाप्रथाद्वारा वितरण गरिएको हो।

त्यस्तै, तेस्रो दिन गत असार ९ गते काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर धादिङ, ओखलढुंगा, गोरखा र रसुवा जिल्लाको गोलाप्रथा गरिएको थियो। यी आठ जिल्लालाई ४९६ थान ट्याक्सी नम्बर छुट्याइएको थियो। जसमा काठमाडौँ जिल्लाका भूकम्प प्रभावितलाई ९५ थान, ललितपुरलाई ७२, भक्तपुरलाई ४३, मकवानपुरलाई ३१, धादिङलाई ११७, ओखलढंगालाई ३०, गोरखालाई ७८ र रसुवालाई जम्मा ३० थान ट्याक्सी नम्बर गोलाप्रथाद्वारा पारिएको थियो।

प्रतिकृया दिनुहोस्

सेनालाई यसरी दिइँदैछ सरकारले धमाधम पैसा

काठमाडौं – सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको खबर आजको नागरिक दैनिकमा छ । सरकारले यो आर्थिक वर्ष ०७४\०७५ को पहिलो...

शान्ति इन्टरटेनमेन्टले गर्यो नवलपरासीमा स्वास्थ्य  शिविर र गोर्खामा ३०० वटा व्ल्याङ्केट वितरण

काठमाडौं – शान्ति इन्टरटेनमेन्टको आयोजनामा यो बर्ष पनि निशुल्क स्वास्थ्य शिविर तथा न्यानो बितरण कार्यक्रम आयोजना गरेको छ । शित प्रभाबित क्षेत्रमा गइ निशुल्क स्वास्थ्य कार्यक्रम तथा न्यानो बितरण गरिएको हो । अमेरिकाको काेलाेराडाेमा मुख्य कार्यलय भएको शान्ति इन्टरटेनमेन्टले गत बर्ष पनि...

कालिकोटमा निमोनियाले एकै टोलका तीन शिशुको मृत्यु

कालिकोट- कालिकोटमा भाइरल ज्वरो सहितको निमोनियाका कारण एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ । भाइरल ज्वरो सहित निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे विककी १ महिना की नातिनी रश्मी विक, दत्त विकका ९ महिनाको छोरा...

स्थानीय तहमा करारमा १५ हजार कर्मचारी भर्ना गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो । सरकारले स्थानीय तहलाई अहिले...