Motivate News

मन्त्रीबाट हटेको ४० दिनमा पनि प्रचण्डका मन्त्रीले क्वार्टर छाडेनन्

 
साउन २, काठमाडौं – गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् ।

मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्। यो खबर मधुसुधन रायामाझीले आजको नेपाल समाचारपत्रमा लेखेका छन्।

नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान सारेका छैनन्।

मन्त्रीबाट हटेको दुई तीन दिन भित्रै आफ्नो सामान सारेर साँचो बुझाउनुपर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा पनि पूर्वपर्यटन मन्त्री देवले मन्त्रीक्वार्टर छोडेका छैनन्।

मन्त्रीबाट हटेको करिब २० दिन क्वार्टरमा बसेका देव अहिले पनि सामान मात्र राखेर साँचो लिएर हिँडेका छन्।

प्रतिकृया दिनुहोस्

डा. केसी ११ औं पटक अनसन बस्दै

  साउन ९, काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् । विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको...

दुई वर्षदेखि वीर अस्पतालमा रेडियोथेरापी सेवा बन्द

रेडियोथेरापी गर्दा वीरमा पाँच हजार बाहिर दुई लाख खर्च

साउन ८, काठमाडौं – वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए। यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नुपर्ने भयो। तर, रेडियोथेरापी नहुँदा उनीहरूले उपचार पाएनन्। दुई वर्षदेखि वीरमा रेडियोथेरापी मेसिन छैन। ‘उपचारका लागि आएका प्रायः विपन्न वर्गका...

‘हैट, यसरी पनि सामाजिक कार्य गर्न सकिन्छ?’

अमेरिकाको एनआरएन बिवाद

साउन ८, काठमाडौं – गैरआवासीय नेपाली संघ अमेरिकाको आगामी कार्यकालका लागी हुने निर्बाचन ११ र १२ अगस्टमा हुँदैछ। निर्वाचनमा गुट उपगुट सहितको चरम बिवादले यस सस्थाको साख झनै गिरेको छ। एउटा सामाजिक कार्यका लागी स्थापित सस्थालाई आफ्नो पारिवारिक सम्पती सरह हैकम जमाउने...

कांग्रेस बैठकमा गुनासैगुनासाः कसले के भने ?

  साउन ८, काठमाडौं – कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘पहिलो र दोस्रो चरणको निर्वाचन भयो ।...