Motivate News

अघि बढ्यो देउवाको दिल्ली यात्रा तयारी

साउन २, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तयारी तीव्र पारिएको छ। परराष्ट्र सचिवको एक साताभन्दा लामो विदेश भ्रमणका कारण केही ढिलो भएको तयारी अहिले अघि बढाइएको हो। परराष्ट्र अधिकारीका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा गएर फर्केलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेछ। दुवै भ्रमणको तिथि भने तय भइसकेको छैन। यो खबर चन्द्रशेखर अधिकारीले आजको कान्तिपुरमा लेखेका हुन्।

नेपालले देउवाको दिल्ली भ्रमणको तिथि प्रस्ताव गरिसके पनि त्यसमा भारतको सहमति आउन बाँकी छ। देउवाको भारत भ्रमणअघि नै महरा चीन जाने गरी तिथि मिलाउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए। ‘उपप्रधान तथा परराष्ट्रमन्त्रीको चीन भ्रमणपछि नै प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी छलफल र तयारी अघि बढेको छ, निर्णय भने भएको छैन,’ उपप्रधान तथा परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव युवराज चौलागाईले भने, ‘मिति मात्र नभएर एजेन्डाका विषयमा समेत अन्तरमन्त्रालय छलफल अघि बढाइएको छ।’

यसअघि परराष्ट्रमन्त्री महरा तीनदिने दिल्ली भ्रमण सकेर असार २० गते फर्किएका थिए। उनले दुईपक्षीय छलफलमा प्रधानमन्त्री देउवाको भ्रमण र दुईपक्षीय आयोजना तथा सहकार्यका विषयमा छलफल गरेका थिए। त्यतिबेला समकक्षी सुष्मा स्वराजबाहेक अन्य नेतासँग महराको भेटघाट भएन। उनी फर्केको दुई सातामै प्रधानमन्त्री देउवा भारत जाने भनिए पनि भारतमा राष्ट्रपति निर्वाचनको चटारोले हुन सकेन। भारतले नयाँ राष्ट्रपति पाएलगत्तै देउवा भारत जानेछन्।

प्रधानमन्त्रीमा निवार्चित भएलगत्तै देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरी बधाईसँगै दिल्ली भ्रमणको निम्ता दिएका थिए। विमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन एक महिनापछि स्वराज नेपाल आउने र त्यसलगत्तै देउवा दिल्ली जाने गरी तयारी अघि बढेको अधिकारीहरु बताउछन्। ‘तिथिबारे छलफल भइरहेको होला, यसमा अपडेट हुन पाएको छैन तर भ्रमण हुने विषय आइरहेकै छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले अहिले नै भ्रमणको विषयमा बोल्न नसक्ने बताउदै भने, ‘सम्बन्ध विस्तारका लागि उच्चस्तरको राजनीतिक भ्रमण नराम्रो विषय होइन।’

देउवाको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री मोदी, बिहारका मुख्यमन्त्री नीतिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत छलफल भइरहेको छ। देउवाको भ्रमणका विषयमा भारतीय दूतावास र परराष्ट्र अधिकारीहरुबीच लगातार छलफल भइरहे पनि तिथि टुंगो लागेको छैन। पुरानो तयारीअनुसार अर्को साता प्रधानमन्त्री भारत पुग्नुपर्ने थियो। तर, राष्ट्रपति निर्वाचनका कारण त्यो तिथि सरेको हो। उनी अब तेस्रो चरणको निर्वाचनअघि भारत जानेछन्।

अन्तिम समयमा सधैं चटारो हुने भन्दै प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको दिल्ली यात्राको तयारी भने थालिसकेका छन्। परराष्ट्र, गृह, अर्थ, आपूर्ति, ऊर्जालगायत मन्त्रालयका कर्मचारीस्तरमा प्रधानमन्त्रीको यात्राका क्रममा राखिने विषयबारे छलफल भइरहेको छ। भ्रमणका एजेन्डा तय गर्न विभिन्न मन्त्रालयका सम्वन्धित शाखाले परराष्ट्रको दक्षिण एसिया महाशाखासँग पनि छलफल अघि बढाएका छन्। परियोजनाको प्रगति, नेपाल र भारतबीच भएका सहमति र सम्झौताको कार्यान्वयनलगायत विषयमा छलफल भइरहेको छ। तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग निर्माण थालनी, पहिलेका प्रतिबद्धतालगायत विषयमा छलफल भइरहेको छ। परराष्ट्र सचिव र राजदूतस्तरीय संयन्त्रले गरेको नियमित बैठकका प्रगति, प्रबुद्ध व्यक्ति समूहमा भइरहेको छलफल तथा विकास र राजनीतिक एजेन्डालगायत कुराकानी भइरहेको छ।

प्रतिकृया दिनुहोस्

रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु ।

काठमाडौं – संयूक्त वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधी सभा सदस्यका लागि उमेद्वार रहेका एमाले नेता रामविर मानन्धरले भष्ट्राचार गर्न परे राजनिति बाटै सन्यांस लिने घोषणा गरेका छन् । निर्वतमान सांसद समेत रहेका मानन्धरले आफ्नो सिंगो राजनितिक जीवनमा एक पैसा...

बाबुरामजीले धेरै पढ्नु भयो तर बुद्धि कहिल्यै आएन – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

  कात्तिक ३०, गोरखा- पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गरेका छन्। बुधबार दिउँसो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै...

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा दुई देशबिच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो...

विप्लव ‘भाइ’ बम पड्काउने होइन दुर्गमका दुःखीलाई डोकामा बोकेर ल्याउनुहोस् -एमाले अध्यक्ष ओली

कात्तिक ३०,काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। बुधबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा ओलीले अन्तर्राष्ट्रिय लगानी प्रभावित हुने गरी सरकारले सनकका भरमा निर्णय गरेको आरोप लगाए। ‘मन्त्रिपरिषद्ले गरेको निर्णय अहिले आएर...