Motivate News

नेसनल अस्पताल नै अवैध

भदौ ७, काठमाडौं – त्रिभुवन विश्वविद्यालयले एमबीबीएस अध्यापन अनुमति दिएको राजधानीको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल शिक्षण अस्पतालनै नियमबिपरित सञ्चालन भउको पाइएको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार अबेरसम्म पनि नेसनललाई शिक्षण अस्पताल सञ्चालन गर्न अनुमति दिएको छैन। स्वास्थ्यको अनुमति बिना अस्पताल सञ्चालन गर्नु गैर कानुनी हो। यो खबर मकर श्रेष्ठ र कृष्ण ज्ञवालीले आजको कान्तिपुरमा लेखेका छन्।

शिक्षा मन्त्रालयले २०६८ साउन ११ गते काठमाडौं नेसनल मेडिकल कलेजलाई आशयपत्र प्रदान गरेको थियो। त्यसक्रममा उल्लेख भएको सर्तको दोस्रो बुँदामा मेडिकल कलेज सञ्चालन गर्ने संस्थाले अस्पताल पूर्ण रूपमा सञ्चालन गरेको हुनुपर्ने भनिएको छ। अस्पताल सञ्चालन गर्न अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनुपर्छ। तीन सय शय्याका लागि आवश्यक मापदण्ड पुरा गरेपछि मात्रै स्वास्थ्य मन्त्रालयबाट सञ्चालनको अनुमति पाइन्छ। सञ्चालन अनुमति पाएको शिक्षण अस्पतालले मात्रैं मेडिकल कलेजले एमबीबीएस अध्ययन गराउने अनुमति पाउँछन्।

प्रतिकृया दिनुहोस्

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग मोटिभेट न्यूज डटकमका लागि शिवशक्ति आचार्यले गरेको व्यक्तित्व विशेष भिडियो कुराकानी ।...

के. भी.एसले गर्यो एकै थलोमा २३० जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं – काठमाडौंको गैह्रिगाउँ, सिनामंगल स्थित के. भी.एस (काठमाडौं विनायक शिक्षालय)को जेष्ठ नागरिक सम्मान एवम् खेलकुद सप्ताह समारोह सम्पन्न भएको छ । शनिबार शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कामनपा ९ शान्ति नगर, गैह्रिगाँउ, कामनपा ३१ जागृति नगर र...

माघ ६ गते ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर हुँदै, ७ र ८ गते बुटवल र चितवनमा गरिने

काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्र्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ गर्ने भएको छ । काठमाडौंमा माघ ६ गते हुने फेयरमा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहनेछ । नेक्स्टका...

एनप्याब्सन काठमाडौंको प्रथम खेदकुद सप्ताह २८ गते देखि

काठमाडौं : एनप्याव्सन काठमाडौंले आयोजना गर्ने प्रथम खेदकुद सप्ताह यही पौष २८ गते देखि सुरु हुने भएको छ । निजि तथा आवासिय विद्यालयहरुको छाता संस्था नेशनल प्यावसनले पहिलो पटक गर्ने लागेको उक्त खेलकुद सप्ताहमा काठमाडौंका ५० बढि विद्यालयहरुको सहभागिता रहने जनाइएको छ...