Motivate News

प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिताको उपाधि प्रेरणा बोर्डिङ स्कुलकी श्रीयालाई

काठमाडौं – निजी तथा आवासीय बिद्यालय संगठन काठमाडौ (प्याब्सक) द्वारा आयोजना गरिएको “प्रथम प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता ” को ग्र्याण्ड फाइनल  भब्य समारोह बीच  राष्ट्रिय नाचघर जमलमा शुक्रबार सम्पन्न भएको छ ।  भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री  सीता गुरुङको प्रमुख आतिथ्यता र नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाहीको विशिस्ट आतिथ्यता उक्त कार्यक्रम सम्पन भएको हो ।

कार्यक्रमको निर्णायकको भुमिका कुन्ती मोक्तान र राजु सिङले गरेका थिए । उक्त प्रतियोगितामा श्रीया रिमाल प्रथम(प्रेरणा बोर्डिङ स्कुल),निमा तेन्जी शेर्पा दोस्रो (प्राक्सिस इन्टरनेशनल एकेडेमी),सुदेशना तामाङ तेस्रो(हाम्रो सन साइन स्कुल),भावना सुनुवार चौथो (बिभुती प्रज्ञा निकेतन ) भएका छन् ।बिजेताहरुलाइ नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी , रितुराज सापकोटा ,बिष्णु पराजुली , बालकुमार गुरुङ लगायत उपस्थित अतिथिगणहरुले नगद,ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग मोटिभेट न्यूज डटकमका लागि शिवशक्ति आचार्यले गरेको व्यक्तित्व विशेष भिडियो कुराकानी ।...

के. भी.एसले गर्यो एकै थलोमा २३० जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं – काठमाडौंको गैह्रिगाउँ, सिनामंगल स्थित के. भी.एस (काठमाडौं विनायक शिक्षालय)को जेष्ठ नागरिक सम्मान एवम् खेलकुद सप्ताह समारोह सम्पन्न भएको छ । शनिबार शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कामनपा ९ शान्ति नगर, गैह्रिगाँउ, कामनपा ३१ जागृति नगर र...

माघ ६ गते ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर हुँदै, ७ र ८ गते बुटवल र चितवनमा गरिने

काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्र्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ गर्ने भएको छ । काठमाडौंमा माघ ६ गते हुने फेयरमा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहनेछ । नेक्स्टका...

एनप्याब्सन काठमाडौंको प्रथम खेदकुद सप्ताह २८ गते देखि

काठमाडौं : एनप्याव्सन काठमाडौंले आयोजना गर्ने प्रथम खेदकुद सप्ताह यही पौष २८ गते देखि सुरु हुने भएको छ । निजि तथा आवासिय विद्यालयहरुको छाता संस्था नेशनल प्यावसनले पहिलो पटक गर्ने लागेको उक्त खेलकुद सप्ताहमा काठमाडौंका ५० बढि विद्यालयहरुको सहभागिता रहने जनाइएको छ...