डेढ वर्षपछि अघि बढ्यो बीमा विधेयक


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०७६
9.9K
SHARES

काठमाडौं – संसदमा पेस भएको डेढ वर्षपछि बीमा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक अघि बढेको छ । बीमा विधेकमाथि छलफलका लागि अर्थ समितिमा पठाएसँगै विधेयक अघि बढ्ने भएको हो । समितिले सोमबार विज्ञसहितको टोलीलाई प्रस्तावित बीमा विधेयकमाथिको छलफलमा बोलाएको छ ।

बीमा व्यवस्थापनका लागि ल्याएको नयाँ विधेक डेढ वर्षअघि संसदमा पेस भएरको थियो । अहिलेको बीमा समिति नै खारेज हुनेगरी पेस भए पनि विधेयक अघि बढ्न सकेको थिए । अर्थमन्त्री युवराज खतिवडा र बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको टकरावबीच रोकिएको कतिपयको आकलन छ ।

नयाँ आउने विधेयकले अहिलेको बीमा समिति नै खारेज गर्नेछ । समितिको ठाउँमा नयाँ बीमा प्राधिकरण ल्याउने विधेयकको प्रस्ताव छ । त्यस्तै, नयाँ विधेयकले बीमा अभिकर्ता, एजेन्ट र सर्भेयरलाई समेत एकै प्रावधानमा समेटिएको छ । जुन प्रावधान विवादित बन्दै आएको छ ।