Motivate News

तारकेश्वर र नागार्जुन नगरपालिकामा पहिलो चरणको हस्तलेखन प्रतियोगिता सम्पन्न

काठमाण्डौ – वालवाटिका डटकमको आयोजनामा यहि भदौ ९ गतेदेखि शुरुउपत्यकाव्यापी खुल्ला अन्तर विद्यालय हस्तलेखन प्रतियोगीता अन्तरगत आज तारकेश्वर र जागार्जुन नगरपालिकामा पहिलो चरणको प्रतियोगीता सम्पन्न भएको छ । वालवाटिका डटकमका अध्यक्ष बद«ी दाहालको  सभापतित्वमा एमराएम कलेज बालाजुमा करिब ५०० विद्यार्थीको सहभागीतामा भएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा प्रमुख अतिथि तथा तारकेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवम एनप्याव्सन केन्दि«य उपाध्यक्ष मनोज घिमिरे बिशिष्ट अथिथि रहनुभएको थियो ।


विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन तथा विद्यार्थीहरुको व्यक्तित्व विकासकालागि यस्ता कार्यक्रमले निकै टेवा पुरयाउनेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि तथा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले आगामी दिनमा नगरपालिकाको तर्फवाट पनि यस्ता कार्यक्रममा पूर्ण साथ रहने बताउनुभयो । उहाँले यस्ता कार्यक्रम नियमित रुपमा अघि बढाउनुपर्नेमा समेत जोड दिनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि मनोज घिमिरेले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य दिदै टाइम्स इन्टरनेशनल पब्लिकेशनमा सिइओ पुरोषोत्तम दाहालले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको यो महाअभियानमा सहयोग पुरयाउन सबैमा अपिल गर्नुभयो । आजको समयमा किताबि ज्ञानले मात्र केहि नहुने भन्दै उहाँले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतफी विकासमा निकै टेवा पुरयाउने र आगामी दिनमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन विद्यार्थी तथा सहकार्यका लागी सवै संग आग्रह समेत गर्नुभयो ।
विद्यार्थीको मूल्याङ्कनका निमित्त लिइने परीक्षाको माध्यम नै लेखन भएकोले सुन्दर हस्तलेखनको कला हरेक विद्यार्थीमा हुनै पर्ने तथा विद्यार्थीहरुलाई सुन्दर हस्तलेखनको महत्ववारे जानकारी दिन र सुन्दर हस्तलेनको वातावरण निर्माण गर्न प्रतियोगीताको आयोजना गरिएको प्रतियोगीताका निर्देशक हरीश डिसीले जानकारी दिए ।


प्रतियोगिताको पहिलो चरण अन्तरगत चन्द«ागीरी र किर्तिपुर नगरपालिकाबाट सहभागी विद्यार्थीहरुले यहि १५ गते पहिलो चरणको प्रतिष्पर्धामा प्रतिष्पर्धा गर्दैछन । त्यसैगरि भदौ १७ गते भक्तपुर जिल्ला, १९ गते ललीतपुर जिल्ला, २० गते काठमाण्डौ महानगरपालिका, २१ गते गोकरर्णेश्वर नगरपालिकामा कार्यक्रम हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा काठमाण्डौ, ललीतपुर र भक्तपुर जिल्लामा कक्षा ३ देखि १० सम्म अध्ययनरत  करिव ४००० भन्दा बढी विद्यार्थीको सहभागीता रहको छ । प्रतियोगीताका विजेताहरुले  एक लाख २४ हजार नगद पुरस्कार सहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन  ।
वालवाटिका डटकमले देशका कुना कन्धरामा रहेका विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गराउने उदेश्यका साथ यो कार्यक्रमबाट ओैपचारिक रुपमा   प्रतिभा पहिचानको महाअभियान शुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग मोटिभेट न्यूज डटकमका लागि शिवशक्ति आचार्यले गरेको व्यक्तित्व विशेष भिडियो कुराकानी ।...

के. भी.एसले गर्यो एकै थलोमा २३० जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं – काठमाडौंको गैह्रिगाउँ, सिनामंगल स्थित के. भी.एस (काठमाडौं विनायक शिक्षालय)को जेष्ठ नागरिक सम्मान एवम् खेलकुद सप्ताह समारोह सम्पन्न भएको छ । शनिबार शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कामनपा ९ शान्ति नगर, गैह्रिगाँउ, कामनपा ३१ जागृति नगर र...

माघ ६ गते ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर हुँदै, ७ र ८ गते बुटवल र चितवनमा गरिने

काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्र्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ गर्ने भएको छ । काठमाडौंमा माघ ६ गते हुने फेयरमा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहनेछ । नेक्स्टका...

एनप्याब्सन काठमाडौंको प्रथम खेदकुद सप्ताह २८ गते देखि

काठमाडौं : एनप्याव्सन काठमाडौंले आयोजना गर्ने प्रथम खेदकुद सप्ताह यही पौष २८ गते देखि सुरु हुने भएको छ । निजि तथा आवासिय विद्यालयहरुको छाता संस्था नेशनल प्यावसनले पहिलो पटक गर्ने लागेको उक्त खेलकुद सप्ताहमा काठमाडौंका ५० बढि विद्यालयहरुको सहभागिता रहने जनाइएको छ...