Motivate News

ब्राजिलका पेलेले गरेको ७७ गोलको रेकर्ड पोर्चुगिज स्टार रोनाल्डोले भंग गरे

भदौ १६, काठमाडौं – घरेलु टोलीका लागि ब्राजिलका पेलेले गरेको ७७ गोलको रेकर्ड पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले भंग गरेका छन् । विश्व कप युरोपियन छनोट अन्तर्गत फरो आइसल्याण्डसँग गएराति भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेसँगै उनले ब्राजिलका पेलेको रेकर्ड तोडेका हुन् । रोनाल्डोले पोर्चुगलबाट ७८ गोल गरेका छन् ।

पेलेले ब्राजिलबाट ७७ गोल गरेका थिए । रोनाल्डोको ह्याट्रिकको मद्धतमा पोर्चुगल ५–१ गोलले विजयी भएको हो । पेलेले ७७ गोल ९२ अन्तर्रा्ष्ट्रिय खेलमा गरेका थिए । उनको रेकर्ड तोडेका रोनाल्डोले १ सय ४४ खेलमा ७८ गोल गरेका हुन् । रोनाल्डोले पोर्चुगलका लागि गरेको यो पाँचौ ह्याट्रिक हो । क्लब म्याचमा उनले ४३ पटक ह्याट्रिक गरेका छन् । भर्खर मात्र रोनाल्डो यूरोपा बर्ष खेलाडी भएका थिए पनि उनले गत बर्ष रियल मड्रिलाई महत्वुर्ण उपाधिहरु पनि दिलाई सकेका छन् ।

प्रतिकृया दिनुहोस्

बार्सिलोनाको अपराजित यात्रामा पुर्णबिराम ,पेनाल्टीमा चुके मेस्सी

काठमाडौं – यस सिजनका सबै प्रतियोगिताहरुमा अपराजित यात्रा जारी राखेको बार्सिलोनाको लागि स्पाइनियल बाधक बनेको छ । गएराति भएको कोपा डे रे को क्वाटर फाइनलको पहिलो लेगमा स्पाइसनयलसंग १ . ० स्तब्ध हुँदै बार्सिलोनाको अपराजित यात्रामाथि पुर्णविराम लागेको हो । अत्यन्तै प्रतिस्पपर्धात्मक...

ब्राजिलियन मिडफिल्डर कोन्टिन्हो बार्सिलोनामा अनुबन्ध

काठमाडौं – ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध भएको औपचारिक घोषणा गरिएको छ । बार्सिलोनाले नाउ क्याम्पमा समर्थक समक्ष कोन्टिन्होलाई क्लबको खेलाडीको रुपमा सोमबार औपारिक तवरले सार्वजनिक गरेको हो । २५ वर्षे ब्राजिलियन कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको...

नेइमार रियल मड्रिड जाने पक्का

काठमाडौं – कीर्तिमानी रकममा यसै सिजनमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रन्सेली क्लब पेरिस सेन्ट जर्मनी गएका ब्राजिलियन स्टार नेइमार स्पेपेनिस क्लब रियल मड्रिडमा आवद्ध हुने तयारीमा रहेको खबर बाहि आएको छ। स्पेनिस पत्रिका डायरिओ गोललाई उद्धृत गर्दै एक्सेप्रस युकेले दिएको खबर अनुसार। नेइमारका पिता नेइमार...

फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं– फिफा क्लब वर्ड कपको उपाधि रियल मड्रिडले जितेको छ । गयराति दुवैमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिललको क्लब ग्रेमियोमाथि १ शुन्यको संघर्षपुर्ण जित निकाल्दै स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोश्रो हाफको १३...