Motivate News

पिस प्वाइन्ट कपमा आयोजकलाई दुबै हातमा लड्डु

काठमाडौँ – पिस प्वाइन्ट बोर्डिङ स्कुलले आयोजना गरेको दोश्रो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगीतामा छात्र तथा छात्रा दुबै तर्फ आयोजक पिस प्वाइन्ट बोर्डिङ स्कुल च्याम्पियन बन्न सफल भएको छ । भदौ १७ शनिबार सानो गौचरणमा सम्पन्न फाइनल खेलमा व्वाइज तर्फ डिफेन्डिङ च्याम्पियन पिस प्वाइन्टले चाल्र्स डार्विन स्कुललाई १-० ले हराउँदै उपाधी हात पारेको थियो ।

रितेश श्रेष्ठको निर्णायक गोलसंगै पिस प्वाइन्टले उपाधी चुम्दा ज्ञान निकेतन स्कुलले भने तश्रो स्थानमा चित्त बुझाउनु परेको थियो । प्रतियोगीतामा पहिलो, दोश्रो र तेश्रो हुने टिमले क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद प्राप्त गरेका थिए । प्रतियोगीतामा व्वाइज तर्फ चाल्र्स डार्विनका अरुण सिंह उत्कृष्ट खेलाडी, पिस प्वाइन्ट प्रविण रे उत्कृष्ट डिफेन्डर, पिस प्वाइन्ट कै हरी मल्ल उत्कृष्ट गोल रक्षक साथै उक्त स्कुलकै अनिल चौलागाई प्रतियोगीता भर कुल चार गोल गर्दै सर्वाधीक गोलकर्ता बन्न सफल भएका थिए ।

त्यस्तै गल्र्स तर्फको खेलमा पनि आयोजक पिस प्वाइन्टले क्याम्ब्रिज स्कुललाई १-० गोल अन्तरले स्तब्ध पार्दै उपाधी जितेको थियो । रेश्मा कार्कीको निर्णायक गोलले पिस प्वाइन्टमा खुसि छाउँदा अभिषेक ज्ञानमन्दीर (एजीएम) ले तेश्रो स्थानमा चित्त बुझाउनु परेको थियो । गल्र्स तर्फको खेलमा क्याम्ब्रिजकी सुनैना दाहाल उत्कृष्ट खेलाडी चुनिएकी थिइन भने प्रतियोगीता भर तीन गोल गरेकी पिस प्वाइन्टकी रेश्मा कार्की सर्वाधिक गोल कर्ता बन्न सफल भएकी थिइन् । गल्र्स तर्फ पहिलो हुनेले तीन हजार, दोश्रो हुनेले दुई हजार र तेश्रो हुनेले एक हजार नगद प्राप्त गरेका थिए । भदौ ८ गते देखि १७ गतेसम्म चलेको प्रतियोगीतामा व्याइज तर्फ ३० र गल्र्स तर्फ ६ टिम सहभागी भएको थिए ।

नियमीत पाठ्यक्रमका अलवा यस्ता खालका अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको सर्वोपरि विकासमा सहयोग पुग्ने साथै विद्यालय स्तर बाटनै खेलकुदका माध्यामबाट भोलीको देशको गौरव बन्न लायक खेलाडी निमार्णमा टेवा पुग्ने हुनाले प्रतियोगीता आयोजना गरिएको आयोजक विद्यालय पिस प्वान्ट बोर्डिङ स्कुलकी प्रिन्सिपल इशु गुरुङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

क्रिकेटर एबी डी भिलियर्सले लिए सन्यास

काठमाडौं – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । अप्रत्याशित रुपमा सन्यास घोषणा गरेका भिलियर्सले आफू थाकेको र यही समय सही भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको एक भिडियो सन्देशमार्फत बताएका छन् । १४ वर्षे अन्तर्राष्ट्रिय खेल...

सन्दीप आज मुम्बईविरुद्ध पनि खेल्दै

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली...

रोनाल्डो र मेसीलाई मार्ने आईएसआईको धम्की

लन्डन – आतंककारी समूह आईएसआईले रुस विश्वकपका क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको हत्या गर्ने धम्की दिएको छ। बेलायती पत्रिका दी सनका अनुसार ग्राफिक फुटेजसहित आईएसआईले रोनाल्डो र मेसीलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो। उक्त भिडियो फुटेजमा दर्शकले भरिएको स्टेडियमभित्र...

आईपीएलः हैदरावाद ९ विकेटले विजयी, दिल्ली प्लेअफबाट बाहिरियो

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ । यस जितका साथ हैदरावादले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । तर, दिल्ली भने प्लेअफबाट बाहिरिएको छ । टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले रिसभ पन्तको शतकको...