Motivate News

सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !

भदौ २५, काठमाडौं- सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको हो। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

केही दिनअघि धादिङ सुनौलो बजारकी लक्ष्मी रोकाले ११ महिने छोरा सुनीललाई निमोनिया भएपछि कान्ति बाल अस्पताल पुर्‍याइन्। सुनीलको प्रारम्भिक उपचार गरेपछि चिकित्सकले छोरालाई आईसीयूमा राख्न सिफारिस गरे तर कान्तिमा आईसीयू उपलब्ध थिएन। रोकासँग छोरालाई निजी अस्पतालमा लैजाने गरी उपचार खर्चको अभाव थियो। धादिङबाट सात हजार रुपियाँ लिएर छोराको उपचारका लागि कान्ति बाल अस्पताल आउनुभएकी लक्ष्मीलाई कान्तिबाट अरू अस्पताल लैजान आर्थिक कठिनाइ थियो।

कान्तिकै चिकित्सकले आईसीयूका लागि निजी अस्पतालमा फोन गरिदिए। रोकाका छोराको भक्तपुरस्थित सिद्धि स्मृति महिला तथा बालबालिका अस्पतालको आईसीयूमा बिहान ४ बजे मात्रै भर्ना गरियो। आईसीयूमा राख्न सुरुमै १८ हजार पाँच सय धरौटी राख्नुपर्ने थियो। त्यति धेरै पैसा लक्ष्मीसँग थिएन। लक्ष्मीका श्रीमान्ले आफन्तसँग पैसाको जोहो गरेर धरौटी राखेपछि बल्ल सुनीलको उपचार सुरु भयो। तीन दिन आईसीयूमा राखेर उपचार गरेपछि अहिले सुनीललाई वार्डमा सारिएको छ। अहिले सुनीलको स्वास्थ्य सामान्य बन्दैगएको लक्ष्मी बताउँछिन्। सुनीललाई आईसीयूबाट वार्डमा सारेपछि लक्ष्मीलाई छोराको चिन्ताभन्दा घरमा रहेको लैनो भैँसीको चिन्ता लाग्न थालेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले जनशक्तिको अभावका कारण सरकारी अस्पतालमा आईसीयूको अभाव भएको बताए। जनशक्ति पर्याप्त भए थप आईसीयू सञ्चालन गर्न सकिने उनले बताए। सरकारी अस्पतालमा आईसीयू सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको स्वीकार्दै प्रवक्ता गिरीले मन्त्रालयले आवश्यक जनशक्ति तयार गरी केन्द्रीय अस्पतालमा थप आईसीयू सञ्चालनको तयारी गरिरहेको जानकारी दिए।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले पर्याप्त जनशक्ति भए सरकारी अस्पतालमा सर्वसाधारणले सहज उपलब्ध हुनेगरी थप आईसीयू सञ्चालन गर्न कठिन नहुने बताए। एउटा आईसीयू कक्ष सञ्चालन गर्न पाँच नर्स चाहिने भन्दै डा. श्रेष्ठले त्यही अनुसार चिकित्सक तथा अन्य कर्मचारीको आवश्यकता पर्ने बताए। जनशक्ति व्यवस्थापन गर्न सक्दा कान्ति, वीर लगायतका अस्पतालमा आईसीयू थप गर्न सकिने उनले जानकारी दिए।

अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले दरबन्दीका लागि स्वीकृति नदिँदा थप आईसीयू मात्र होइन, स्वास्थ्य संस्था सञ्चालन गर्न पनि कठिन भएको श्रेष्ठले बताए। कान्ति मात्र होइन, शिक्षण अस्पताल, वीर अस्पताल, निजामती अस्पताल, प्रसूति गृह लगायतका अस्पतालमा पनि आईसीयू पाउन कठिन छ।

प्रतिकृया दिनुहोस्

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग मोटिभेट न्यूज डटकमका लागि शिवशक्ति आचार्यले गरेको व्यक्तित्व विशेष भिडियो कुराकानी ।...

के. भी.एसले गर्यो एकै थलोमा २३० जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं – काठमाडौंको गैह्रिगाउँ, सिनामंगल स्थित के. भी.एस (काठमाडौं विनायक शिक्षालय)को जेष्ठ नागरिक सम्मान एवम् खेलकुद सप्ताह समारोह सम्पन्न भएको छ । शनिबार शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कामनपा ९ शान्ति नगर, गैह्रिगाँउ, कामनपा ३१ जागृति नगर र...

माघ ६ गते ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर हुँदै, ७ र ८ गते बुटवल र चितवनमा गरिने

काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्र्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ गर्ने भएको छ । काठमाडौंमा माघ ६ गते हुने फेयरमा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहनेछ । नेक्स्टका...

एनप्याब्सन काठमाडौंको प्रथम खेदकुद सप्ताह २८ गते देखि

काठमाडौं : एनप्याव्सन काठमाडौंले आयोजना गर्ने प्रथम खेदकुद सप्ताह यही पौष २८ गते देखि सुरु हुने भएको छ । निजि तथा आवासिय विद्यालयहरुको छाता संस्था नेशनल प्यावसनले पहिलो पटक गर्ने लागेको उक्त खेलकुद सप्ताहमा काठमाडौंका ५० बढि विद्यालयहरुको सहभागिता रहने जनाइएको छ...