Motivate News

बद्रीप्रसाद दाहाललाई अध्यक्षतामा चयन गर्दै अपेनको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न

भदौ २६,काठमाडौं – मन्टेश्वरी, किन्डरगार्टन तथा प्रि–स्कुलहरुकोे छाता संगठन अपेन को प्रथम राष्ट्रिय अधिवेशन राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले बद्री प्रसाद दाहालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रिय  कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । केन्द्रिय कार्यसमितिको महासचिवमा अभिषेक घिमिरे चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै शिक्षा राज्यमन्त्री शेष नाथ अधिकारीले विद्यालय प्रवेशका हिसावलले पहिलो ५ वर्ष अत्यन्तै महत्वपूर्ण भएकाले अपेनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै नीति निर्माण तहदेखि कार्यान्वयन गर्ने तह सम्म सहकार्य गर्न आग्रह गर्नुभयो । अधिवेसनमा विशिष्ठ अतिथि रहनुभएका प्याब्सन केन्दिय महासचिव राजेन्द बानियाले प्रि स्कुल तथा सम्बद्ध शिक्षाकर्मीहरुले सामाजिक रुपान्तरणमा खेलेको महत्वपूर्ण योगदान र भूमिकाको उच्च पसंसा गर्दै प्याब्सन र अपेनबीच दाजु बहिनीको जस्तै सम्बन्ध राख्दै निजी क्षेत्रको लगानीको सुरक्षाका निम्ति एक भएर राज्यलाई नीति निर्माणको तहमा दवाव दिनुपर्नेमा जोड दिनुभयो । अधिवेसनमा विशिष्ठ अतिथि रहनुभएका एनप्याब्सनका केन्दिय सचिव प्रल्हाद दाहालले अपेनले आफनो उपस्थिति शसक्त रुपमा जनाउन सकोस भन्ने शुभकामना दिदै आगामी दिनमा निजि क्षेत्रका साझा सवालहरुमा एनप्याब्सन सहकार्य गर्न तयार रहेको बताउनुभयो । त्यस्तै राष्टिय शिक्षा आयोगका सदस्य तथा पूर्व शिक्षा सचिव महाश्रम शर्माले अपेनको सफलताको शुभकामना दिदै बालबालिकालाई गुणस्तरिय शिक्षा दिने कार्यमा निजी र सार्वजनिक भनेर विभेद नगरी सबैले मिलेर गुणस्तरीय सेवा पदान गर्नुपर्नेमा जोड दिनुभयो ।


उद्घाटन शत्र शिक्षा विद, सम्बन्धीत क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायका पादधिकारी तथा प्रतिनिधिहरुको आतिथ्यतामा योगम्बर पार्टी प्यालेस सिहदरवारमा सम्पन्न भएको थियो । अधिवेशनले बालबालिकाको चौतर्फी विकास, गुणस्तरिय सेवा र शिक्षा, मन्टेश्वरी, किन्डरगार्टन तथा प्रि–स्कुलहरुको लगानीको सुरक्षा, पेसागत मर्यादा तथा क्षमता अभिबृद्धि लगायत ७ बुदे काठमाण्डौ घोषणा पत्र समेत जारी गरेको छ । अधिवेशनमा २६ जिल्लाका २५० प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रिन्सिपल हुनै जन्मीएकोे हुँ जस्तो लाग्छ : गुरुङ

काठमाडौं – काठमाडौंको धापासीमा अवस्थित गिनल्याण्ड स्कुलका फाउण्डर प्रिन्सिपल थकिन कुमार गुरुङका् जीवन र व्यक्तित्वमा आधारित भएर मोटिभेट न्यूज डटकमले व्यक्तित्व विशेष कुराकानी गरेको छ । प्रस्तुत छ प्रिन्सिल गुरुङसंग मोटिभेट न्यूज डटकमका लागि शिवशक्ति आचार्यले गरेको व्यक्तित्व विशेष भिडियो कुराकानी ।...

के. भी.एसले गर्यो एकै थलोमा २३० जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं – काठमाडौंको गैह्रिगाउँ, सिनामंगल स्थित के. भी.एस (काठमाडौं विनायक शिक्षालय)को जेष्ठ नागरिक सम्मान एवम् खेलकुद सप्ताह समारोह सम्पन्न भएको छ । शनिबार शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कामनपा ९ शान्ति नगर, गैह्रिगाँउ, कामनपा ३१ जागृति नगर र...

माघ ६ गते ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर हुँदै, ७ र ८ गते बुटवल र चितवनमा गरिने

काठमाडौं– उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्र्श प्रदान गर्दै आइरहेको द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ गर्ने भएको छ । काठमाडौंमा माघ ६ गते हुने फेयरमा अष्ट्रेलियाका २५ वटा युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहनेछ । नेक्स्टका...

एनप्याब्सन काठमाडौंको प्रथम खेदकुद सप्ताह २८ गते देखि

काठमाडौं : एनप्याव्सन काठमाडौंले आयोजना गर्ने प्रथम खेदकुद सप्ताह यही पौष २८ गते देखि सुरु हुने भएको छ । निजि तथा आवासिय विद्यालयहरुको छाता संस्था नेशनल प्यावसनले पहिलो पटक गर्ने लागेको उक्त खेलकुद सप्ताहमा काठमाडौंका ५० बढि विद्यालयहरुको सहभागिता रहने जनाइएको छ...