Motivate News

प्रचारको अन्तिम दिनः शीर्ष नेता को कहाँ ?

 

भदौ ३०, काठमाडौं – प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचन आफ्नो पक्षमा पार्न दलका नेताहरु सक्रिय बनेका छन् । प्रचारको अन्तिम दिन शुक्रबार दलका शीर्ष नेताहरु विभिन्न जिल्ला पुग्दैछन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कलैया नगरपालिकाको आमसभालाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम छ । उनले आजै वीरगन्जको चुनावी सभालाई पनि सम्बोधन गर्नेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली आज बारा जाँदै छन् । १२ः४० मा जितपुर–सिमरा नगरपालिकामा आयोजना गरिएको चुनावी सभामा ओली सहभागी हुनेछन् । बर्दिवास नगरपालिकाको दिउँसो ३ बजेको चुनावी सभामा पनि ओली पुग्दैछन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्लाहीको लाबन्दीमा हुने चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ लाग्दैछन् । उनी दिउँसो वीरगन्जको चुनावी सभामा पनि सहभागी हुनेछन् ।

उपेन्द्र यादव शुक्रबार दिनभर सिराका स्थानीय तहका कार्यक्रममा सहभागी हुनेछन् । बिहान ८ बजे बन्दिपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साँझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुनेछ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पोडेलले पर्साको पोखरिया नगरपालिकाको चुनावी सभालाई बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

यि हुन भ्रष्टाचारको दलदलमा फस्ने नेताहरु, भ्रष्टाचार विरोधी देखि पहिलो महिला राष्ट्रपतिसम्म !

वैशाख – विश्व जति सभ्य र विकसित हुँदै गइरहेको छ, भ्रष्टाचारका नमिठा खवर पनि उत्तिकै आइरहेका छन् । हुनत अहिले सूचना र सञ्चारको प्रभाव बढी भएर पनि यस्ता खवरहरु बढी सार्वजनिक भएका र बढी फैलिएका होलान् र यस्ता समाचारमा कमी नआउनु भने...

धर्म परिवर्तन गराउनेलाई देश निकाला

काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकालासम्म गर्न...

समृद्धिका लागि चीनसँग सहकार्यः पाँच क्षेत्रमा साझेदारी प्रस्ताव

काठमाडौँ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पाँच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग...

चिनियाँ बुद्धिजिवी भन्छन् – ‘एमाले-माओवादी एकता चाँडै होस्’

बेइजिङ –  चिनियाँ बुद्धिजिबी एवम् पुर्वकुटनीतिज्ञहरुले नेपालका ठुई ठुला कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्नुपर्न धरणा राखेका छन् । पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छ । यो राजनीतिक विजयलार्य दुई पार्टीले खेर नफाली अब नेपालको आर्थिक...