Motivate News

नेसनल प्याब्सन काठमाडौले ग़र्यो उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान

काठमाडौं – राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसियसन नेपाल  नेसनल प्याब्सन  जिल्ला कार्य समिति काठमाडौं ले एसइइ सम्मान तता शुभकामान आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

गोल्डेन लाइट पार्टी प्यालेस मित्रपार्क काठमाडौंमा  सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय शिक्षा राज्य मन्त्रि शेषनाथ अधिकारी,  विशिष्ट अतिथि  नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, जिल्ला शिक्षा अधिकारी काठमाडौंका प्रकाश सापकोटा  बिशेष अतिथिहरु नेसनल प्याब्सनका महासचिब प्रकाश पाण्डे , कोषाध्यक्ष कुमार भट्टराई , पूर्व महासचिब ऋतु राज सापकोटा लगायतको उपास्थिति रहेको थियो

उक्त कार्यक्रममा  गत वर्ष  २०७३ मा संचालित  एसइइ परीक्षामा उच्च जी. पी. ए . ल्याउने बिद्यालय, बिद्यालय बिषय शिक्षक तथा  बिद्यार्थीहरुलाई प्रमुख अतिथि शिक्षा राज्यमन्त्रि शेषनाथ अधिकारी र विशिष्ट अतिथि द्वोय नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाही, जिल्ला शिक्षा अधिकारी काठमाडौंका प्रकाश सापकोटाले सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

गत बर्षको  एस.इ.इमा ३.९ जी. पी .ए  ल्याउन सफल  त्रिरत्न आवाशीय बिद्यालयका छात्र दिपेश सिम्खडा ,माउन्ट एभरेस्ट बिद्यालयकी छात्रा सुष्मिता सापकोटा ,माइल स्टोन युथ इंग्लिश स्कुल कि छात्रा आस्मिन चालिसे  त्यस्तै गरि लिटिल बुद्ध एकेडेमीका छात्र निशान ढकाल लाइ सम्मान गरिएको थियो भने  उच्च  जीपीए ल्याउन सफल बिषय शिक्षकहरुमा ग्रीन फिल्ड नेसनल सेकेण्डरी स्कुलका  स्वास्थ्य तथा  शारीरिक शिक्षा शिक्षक नगेन्द्र बज्राचार्य , प्राक्सिस इन्टरनेसनल स्कुलका बिज्ञान शिक्षक शशीकला खड्का  प्रशान्ति शिक्षा सदनका एक्षिक गणित शिक्षक कलेल र कम्पुटर  शिक्षक राजु श्रेष्ठ त्यस्तै  विद्या सस्कार इंग्लिश स्कुलका द्वय लेखा शिक्षक लक्षमण आचार्य र कम्प्युटर शिक्षक सन्जिब कुमार मिश्र ,कान्तिपुर इंग्लिश एकेडेमीका  अनिबार्य गणित शिक्षक दुर्गा नेपाल ,भिमेश्वर एकेडेमीका नेपाली शिक्षक राजिब सेडाइ,ग्लोबल पब्लिक स्कुलका सामाजिक शिक्षक राजन कार्की र नेसनल आइडल बोर्डिंग स्कुलका अंग्रेजी शिक्षक प्रकाश श्रेष्ठलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै  नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाहीले  नेसनल प्याब्सनले संघिय संरचना अनुसार नगर स्तरीय समिति गठन गर्न लागिएको कुरा बताएका थिए भने महाधिवेशन रुपन्देहीको भैरहवामा हुन गैरहेको बताए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी काठमाडौंका प्रकाश सापकोटाले  सम्मानित हुने बिद्यालय ,बिध्यालयका बिषय शिक्षक र बिद्यार्थीलाइ शुभकामना दिदै  भर्खरे २० औ  वर्ष पछि जनप्रतिनिधि  निर्वाचित भएका र उनीहरुले सामुदायिक विद्यालयको बारेमा चै कुरा गरेको तर सस्थागत विद्यालयको बारेमा नबोलेको र सस्थागत विद्यालयको छुट्टै नियम ऐन  नभएको सामुदायिक र सस्थागत बिद्यालय मिलेर जानु पर्ने बताएका थिए।   .

उक्त कार्यक्रमका प्रमुख अतिथि  शिक्षा राज्यमन्त्रि शेषनाथ अधिकारीले नेपालको सम्भिधानले महिला र पिछडिएका जाति बर्गलाई उचित स्थान दिएको र भर्खरै भएको स्थानीय निर्वाचनले पनि महिलाको पहुच बढाएको  बताए ।

उनले  निजि सस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रसंशा गरेका थिए। साथै उनले  अंग्रेजी भाषा जान्नु मात्र दक्ष होइन भन्दै नेपाली भाषालाइ माया गर्न आग्रह गरेका थिए भने निजि सस्थागत बिद्यालयले आफ्नो हकहितको लागि अघि बढ्न सुझाब पनि दिएका थिए । निजि सस्थागत विद्यालयको पिडा सम्बोधन हुने सिक्ष्य एन को आवश्यकता रहेको बताएका थिए साथै सम्मानित हुने बिद्यालय बिद्यार्थी र बिषय शिक्षकलाइ शुभकामना दिएका थिए ।

नेसनल प्याब्सन काठमाण्डौको तर्फबाट बाढीपिडितहरुको सहयोगार्थ संकलन गरेको पाच लाख ५ हजार ५ सय१७ रुपैया रकम केन्द्रीय राहत संकलन समितिलाई हस्तान्तरण गरिएको थियो  ।

कार्यक्रममा बोल्दै  सभाध्यक्ष  बिष्णु पराजुलीले बोल्दै सस्तागत बिद्यालयहरु  देशको शैक्षिक उन्नयनमा महत्वपूर्ण  भूमिका निर्वाह गरिरहको बताएका थिए।

प्रतिकृया दिनुहोस्

इक्यान निर्वाचन : को सेफ जोनमा ? को डेण्जर जोनमा ?

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन आउन अव केही घण्टा मात्र बाँकी छ । यतिबेला उमेद्वारहरु चुनावि नतिजालाई आफ्नो पक्षमा पार्नका लागि अन्तिम कसरतमा छन । सरोज बस्नेत र विष्णुहरी पाण्डे नतिजा आफ्नो पक्षमा पर्ने दावि गरिरहे पनि निर्वाचनको बास्तविक...

ओली क्याबिनेटमा ताप्लेजुङका योगेशदेखि डोटीका प्रेम आलेसम्मको चर्चा

काठमाडौं । राष्ट्रपतिले सपथ लिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको तयारी गरेका छन् । एमाले स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातै प्रदेशबाट एक एक जनालाई मन्त्री बनाउने तयारी थालेका छन् । आफू जनताको काम गर्न आएकोले जनताको नजरमा विवादस्पद रहेका व्यक्तिलाई...

मेयर, उपमेयर र कार्यकारीले एकै पटक सुनाए बनेपा नगरलाई सम्बृद्ध बनाउने यस्तो योजना

 काठमाडौं – स्थानिय तहको निर्वाचनमा काँगे्रसको गढको रुपमा चिनिएको बनेपा नगरपालिकामा एमालेका उमेद्वार विजयी भएपछि बनेपा नगरपालिका राष्ट्रिय रुपमै चर्चाको विषय बन्न पुग्यो । एमाले उमेद्वारले निर्वाचन जिते पश्चिता आयोजित विजयी सभामा एमाले अध्यक्ष केपि ओली स्वयम उपस्थित भएर सम्बोधन गरेपछि सो...

कान्तिपुरका सिरोहिया ब्ल्याकमेलर : सुमार्गी

काठमाडौं । ब्यापारी अजयराज सुमार्गीले कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियामाथि गम्भीर आरोप लगाएका छन् । सुमार्गीले कैलाशलाई ब्ल्याकमेलरको आरोप लगाउँदै कान्तिपुरले पाठकमाथि गम्भीर विश्वासघात गरेको आरोप समेत लगाए । उनले कान्तिपुरलाई कुनैबेला थ्यो भन्ने बनाएर देखाइदिने सम्मको चेतावनी दिए । वानेश्वरस्थित मुक्तिश्री...