Motivate News

द नेक्स्ट एजुकेशन अव पोखरामा पनि

काठमाडौं, २३ भदौ । शैक्षिक परामर्श संस्था ‘द नेक्स्ट एजुकेशन कन्सलटेन्सी’ले पोखरामा नयाँ शाखा बिस्तार गरेको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टले यसअघि चितवन र बुटवलमा शाखा कार्यालय विस्ता गरिसकेको छ ।

कम्पनीका कार्यकारी प्रमुख शालिकराम भण्डारीले आम सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै पोखरामा शाखा बिस्तार गरेको जानकारी दिए । उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, न्यूजिल्याण्डलगायका देशहरुमा पठाउँदै आएको द नेक्स्टले पश्चिम क्षेत्रका विद्यार्थीहरुको सहजताका लागि पोखरामा शाखा कार्यालय स्थापना गरेको जनाएको छ ।

विगत १४ वर्षदेखि अष्ट्रेलिया र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गरिरहेको नेक्स्टले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई सेवा प्रदान गर्न सर्भिस सेन्टर समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज साउने संक्रान्ति पर्व लुतो फाली मनाईंदै

काठमाडौं – आज साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले...

रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो,अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् । काभ्रेको बनेपामा पुल भत्किएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछाप लगायत ठाउँमा ओहोरदोहोर गर्ने...

नेकपा स्थायी समिति बैठकमा क-कसले गरे सरकारको आलोचना ?

असार २२, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना  भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता...

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...