काठमाडौँ –डि मर्चा ब्याण्डको दशै गीत ‘दसैं आयो’ सार्वजनिक भएको छ । झ्याम्म झ्याम्म गीतबाट लोकप्रिय भएको यो ब्याण्डले नेपाली गीतसङीतमा हुन्देरे, झ्याम्मै चौतारी, कैलाशैमा जस्ता लोकप्रिय गीतहरु पस्किसकेका छन । ५ वर्ष पछि नयाँ ब्याण्ड मेम्बरहरुको साथ सक्रिय हुँदै ‘दशै आयो’ बोलको गीतबाट पुन नेपाली गीतसङीतमा सक्रिय भएका छन ।
ब्याण्डमा सञ्जय नेपाल रिदम लिड, गीटारमा बेस गीटारमा बिरेन्द्र पुन,ड्रममा प्रज्वल बिक र भोकलमा भास्करधोज श्रेष्ठ रहेका छन ।
यस दसैं गीतको भिडियो निर्देशन सञ्जय बरालले गरेका हुन । छायाङ्कन बुद्ध थापाको रहेको छ भने सम्पादन बिकास धमला ले गरेका छन ।